महिलाको हत्या आरोपमा श्रीमान र जेठाजु पक्राउ

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या गरेर शरीरको भागलाई टुक्राटुक्रा गरी फालेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् ।

पक्राउपर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवा टोलका ५५ वर्षीय सुदिपठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोनार रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार दुबै जनालाई प्रहरीले घटनाको ६ महिनापछि सोमबार बिहान पक्राउ गरेका हो । गत कात्तिक १० गते ४५ वर्षीया रेखादेवी ठाकुर र उनको श्रीमान् सुदीपबीच विवाद भएको थियो ।

विवादका क्रममा आवेगमा आएका श्रीमानले बञ्चरोको पछाडिको भागले टाउकोमा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको भोलिपल्ट श्रीमानले आफ्नै घरभित्र ५ दशमलव ५ फिट जति गहिरो खाल्डो खनी शवलाई खाल्डोमा पुरी घटनाको बारेमा आफ्नै सहोदर दाजु उदित ठाकुरलाई जानकारी गराई सो पश्चात दुवै दाजुभाइसँगै भारतमा काम गर्न गएका थिए । प्रहरीले बरामद गर्दा महिलाको शवको कंकालका रूपमा भेटिएकोे थियो ।

प्रतिक्रिया