‘पल्टन’को अडियो सार्वजनिक

काठमाडौं : चलचित्र ‘पल्टन’को गीत अडियो सिडी सार्बजनिक भएको छ । सोमबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई तथा अभिनेता श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा उक्त अडियोलाई सार्बजनिक गरेका हुन् ।
चलचित्रमा ‘भेटभयो यो ठाउँमा’, ‘तिमी बिना’, ‘हाम्रो पल्टन द्यौसी गाउँछ’, ‘रातो रगत’, ‘मत पानी सरी’लगायत पाँच गीत रहेका छन् भने गीतमा कुसल थुलुंग, संवय तुन्डुक, आभा मुकारुङ, कला राई, तृप्ती नाटकर, रूपक चौधरी, राजेश पायल राई, पुष्प पौडललगायतको स्वर रहेको छ । दयाराम पाण्डे, लोकराज अधिकारी र कमल दाहालको शब्द र अशोक राईको संगीत रहेको छ ।
विक्रम शाहको निर्माण रहेको चलचित्रमा राजेश हमाल, कुसल थापा, करण क्रेजी, दिनेश थापा, पुष्कर रेग्मी, दीपेन्द्र श्रेष्ठ, तृप्ती नाटकर, प्रतिक्षा गुरुङ, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशक वासुदेव पोखरेल रहेका छन् । (सौस)

प्रतिक्रिया