मातृका नेतृत्वको माओवादीपनि चोईटियो

काठमाडौं, १२ असार । मातृका यादव अध्यक्ष रहेको नेकपा (माओवादी) सँग सम्बन्ध विच्छेद गरी २८ जिल्ला सेक्रेटरीहरुले संयुक्त क्रान्तिकारी मोर्चा गठन गरेका छन् ।
अध्यक्ष मातृका यादवको नेतृत्व एकाधिकारवादी, मनोगत र गोलचक्करवादी चिन्तन प्रवृत्ति भएको आरोप लगाउँदै उनीहरुले नेकपा (माओवादी)सँग सम्बन्ध विच्छेदगरी नयाँ मोर्चा गठन गरेको जनाएका छन् । २८ जिल्लाका सेक्रेटरीले पार्टीसँग सम्बन्ध विच्छेद गरेपछि मातृका यादवको माओवादी पनि चोईटिएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले २०५२ सालमा शुरु भएको जनयुद्ध चुनवाङ वैठक हुँदै १२ बुँदै दिल्ली सम्झौतामा लगेर अवसान गराएको आरोप लगाएका छन् ।
उनीहरुले यादवलाई संकिर्ण, फूट परस्त र वैज्ञानिक अडान नभएको व्यक्तिको आरोप लगाएका छन् ।
नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको जनाएको मोर्चाले संयोजकको जिम्मेवारी अशोक लामालाई दिएको छ भने सदस्यमा अशोक लामा, बलराम राई, भूपेन्द्र न्यौपानेलगायत २८ जना जिल्ला सेक्रेटरीहरु छन् ।

प्रतिक्रिया