विनोदको आठौँ एल्बम

काठमाडौः गायक विनोद बाजुराली आठौँ लोकदोहोरी एल्बम लिएर बजारमा आएका छन् । यसै सातादेखि बजारमा आएको अरूको त बन्नै सक्दिनँ एल्बममा  गायक विनोद र गायिका विष्णु माझीको स्वर छ । गीतकार एकनारायण भण्डारीको शब्दसिर्जना तथा गायक विनोदकै लयसंकलन छ ।
एल्बम आर अडियो म्युजिकले बजारमा ल्याएको हो । विनोदका यसअघि रुँदैरुँदै जान्छु मेलामा, भीरका घाँस काट्न सक्छ्यौ, कणर्ाली पुललगायत एल्बम बजारमा आइसकेका छन् ।

प्रतिक्रिया