समान प्रकृतिका काममा सरकारले श्रम स्वीकृति दिने

काठमाडौं, २७ कात्तिक । कामदार मागपत्र र भिसामा फरकफरक पद भएपनि अगामी दिनमा बैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने भएको छ ।

सरकारले समानप्रकृतिका मिल्दाजुल्दा काममा पनि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने तयारी गरेको मङ्गलवार पत्रकार सम्मेलन गरी नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले बताए । उक्त कार्यको लागि सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार बाधा अड्काउफुकाउ मार्फत उक्त व्यवस्था गरेको तामाङ्को भनाई थियो ।
‘सरकारको यस्तो निर्णयले व्यवसायी तथा कामदारको ४० प्रतिशत समस्या समाधान हुने छ,’ तमाङ्ले भने, ‘सरकारको निर्णयले व्यवसायीलाई काम गर्न केही सहज बनाएको छ ।’ उक्त कार्यले व्यवसायीलाई त्यतिकै जिम्मेवार पनि बनाएको उनको भनाई छ ।
सङ्घका सल्लाहकार सरोज पोखरेलले भने सरकारले समान प्रकृतिका काममा रोजगारीमा जान दिएपनि कामदारको लागत निर्धारणमा अव्यवहारिक निर्णय गरेको बताए । ‘सरकारले कतारको रोजगारीमा पठाउदा कामदारसाग २० हजार रुपैयाामात्र लिन पाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘टिकट खर्च वापत नै व्यवसायीको सो भन्दा बढी रकम खर्च हुन्छ ।’
त्यस्तै, सरकारले घरेलू कामदारलाई संस्थागत रुपमा जान बन्देज लगाएर गैरकानूनी बाटोबाट रोजगारीमा पठाइरहेको वैदेशिक रोजगार व्यवसायी तथा तमुधीका अध्यक्ष रोहन गुरुङले बताए । ‘नेपालबाट घरेलू कामदार वैदेशिक रोजगारीमा जान पाउने प्रावधान छैन,’ उनले भने, तर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले घरेलू काममा विदेश जान चाहने कामदारका लागि तालिम प्रदान गर्दै आएको छ । ’ गैरकानूनी रुपबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले नै प्रश्रय दिादै आएको उनको आरोप छ ।
यसअघि व्यवसायीले दक्ष पदमा मागपत्र ल्याएपनि कागजी रुपमा अदक्ष काममा पठाउादै आएको थिए । यस्तो व्यवस्थापछि रोजगारदाताले जुन पदमा कामदार माग गर्छ सोही पदमा पठाउन सक्ने छन् । त्यसैगरी सरकारले कामदारसाग लिइने सेवा शुल्क बढाउन पनि गृहकार्य अघि बढाएको छ । यसअघि प्रतिकामदार ५ हजार लिादै आएकोमा हाल १५ हजार पुर्‍याउनका लागि सरकारले नेपाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई निर्देशन दिएको बताइएको छ ।
त्यस्तै सरकारले रोजगारदाता कम्पनी फरक परेमा ‘ग्रुप अफ होल्डिङ कम्पनी’ को आधारमा स्वीकृति दिने भएको छ । ग्रुप अफ होल्डिङ कम्पनीको वारेमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणित गर्नु पर्ने यसै हप्ता प्रकाशित राजपत्रमा उल्लेख छ ।

प्रतिक्रिया