तृप्ति डिमरु पुष्पा २ मा

नयाँ दिल्ली । साउथको ब्लकबस्टर फिल्म पुष्पाको सिक्वेल ३ महिनापछि हलमा रिलिज हुँदैछ । पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो । फिल्मको पहिलो भागमा सामन्था रुथ प्रभुले एउटा आइटम गीतमा नाचेकी थिइन् । यसलाई दर्शकले निकै मन पराएका थिए । गीतमा सामन्था निकै बोल्ड लुकमा देखिएकी थिइन् । पछिल्लो खबरका अनुसार पुष्पा २ मा सामन्थाको ठाउँमा बलिउड अभिनेत्रीको इन्ट्री भएको छ ।

यिनी रणवीर कपूरको ‘एनिमल’की भाभी नम्बर टु तृप्ति डिमरु भएको बताइएको छ । रिपोर्टका अनुसार तृप्तिले यस फिल्ममा अल्लु अर्जुनसँग रोमान्टिक गीतमा नाच्नेछिन् । तर अहिलेसम्म तृप्ति र फिल्म मेकरहरूले यसको पुष्टि गरेका छैनन् । मेकरहरूले पुष्पा २ अगष्ट १५ मा रिलिज गर्दैछन् । बिहीबार मात्रै फिल्मको अर्को गीत रिलिज गरिएको थियो । यो गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया