भाडाको कपडा र गहना लगाउँछिन् जाह्नवी कपूर

नयाँ दिल्ली । बलिउड अभिनेत्री जाह्नवी कपूर हिजोआज आफ्नो आगामी फिल्म मिष्टर एन्ड मिसेज माहीको प्रमोशनमा व्यस्त छिन् । फिल्ममा जाह्नवीको साथमा राजकुमार राव लिड रोलमा देखिँदैछन् ।
जाह्नवीलाई फिल्म इन्डष्ट्रीमा सबैभन्दा स्टाइलिश अभिनेत्रीको रूपमा हेरिन्छ । केही दिन अघि अभिनेत्रीले एउटा भिडियो शेयर गरेकी थिइन् । भिडियोमा अभिनेत्रीले उर्फी जावेदले झैँ आफूले पनि मेथर्ड फेशन फलो गर्न लागेको बताएकी थिइन् ।

हालै एक अन्तरवार्तामा जाह्नवीले आफूले भाडाका गरगहना र कपडा लगाउने गरेको बताएकी थिइन् । केही औँठी र नेकलेस समेत भाडा हुने उनको भनाइ थियो । आफूले लगाउने सारा आउटफिट स्टाइलिष्टले रोज्ने गरेको उनले बताइन् । स्टाइलिष्टले कुन–कुन ब्रान्ड वा डिजाइनरले आफूलाई अप्रोच गरिरहेका छन् भने फोन गरेर भन्ने गरेको पनि उनको भनाइ छ ।

‘मैले लगाउने धेरैजसो चिज भाडाकै हुन्छन् । औँठी र जुत्ता मेरै हुन्छन् । तर कपडाहरू सबै भाडामै ल्याइन्छ । ब्रासलेट, नेकलेसहरू सबै पनि भाडाकै हुन्छन्,’ जाह्नवीले भनेकी छिन्, ‘अहिले मैले लगाइरहेको सर्ट पनि मेरो होइन भाडाको हो । यसलाई मैले फिर्ता गर्नुपर्छ । सार्वजनिक कार्यक्रमहरूमा म जुन –जुन पहिरन लगाउँछु, कार्यक्रमपछि सबै फिर्ता गरिदिन्छु ।’

प्रतिक्रिया