बज्जिका भाषाको बुद्ध महाकाव्य लोकार्पण

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (0.22777778, 0.22777778); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (13, -1); aec_lux: 257.0401; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

रौतहट । बज्जिका भाषामा लेखिएको बुद्ध महाकाव्यको बिहिबार लोकार्पण गरिएको छ । बज्जिका भाषाको विकास संरक्षणको लागि निरन्तर रुपमा कलम चलाउदै आएका संजय साह मित्रले लेखेका पहिलो बज्जिका भाषाको बुद्ध महाकाव्यको लोकार्पण गरिएको हो ।


गौतम बुद्धको २५६८ औ जयन्तीको अवसरमा आकृति क्रियसन हेटौडा मकवानपुरको आयोजना तथा बज्जिका साहित्य संगम गरुडा–४ रौतहटको व्यवस्थापनमा भएको कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, पूर्ब प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हाले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरे ।


कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख साहले मातृभाषा बज्जिकालाइ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले गरिएको यो रचनाले बज्जिका भाषाको विकासमा थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरेका छन् ।

बुद्ध महाकाव्यको रचनाकार संजय साह मित्रले २०७८ सालको कोरोना भाइरसको प्रचण्ड प्रकोपको बेला घरमा बस्नु पर्ने अवस्था सृजनाले रचना गर्ने मनमा जिज्ञासा उठे पछि बज्जिका भाषामा बुद्धको जीवनमा आधारित महाकाव्यको रचना गरेको बताए ।
वज्जिका भाषामा बिभिन्न लेख, रचना, कविता, खण्ड काव्य, कहावत, लगायतको रचना गरी सकेका साहित्यकार साहले बज्जिका भाषामा पहिलो पटक महाकाव्यको रचना गरेर पाठक माझ ल्याउन पाउँदा हर्षित भएको बताए ।

५५ अध्याय २४० पृष्टमा विस्तार गरिएको महाकाव्य बज्जिका भाषिको लागि उपयोगी हुने रचनाकारको विश्वास रहेको छ ।
राम अविस्वासको सभापतित्वमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा पूर्व प्रजिअ सिन्हा, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो, साहित्य कबि राजेन्द्र ठाकुर, बिन्दा सहनी, चन्द्र शेखर रस्तोगी, पत्रकार प्रभात कुमार झा लगायतका व्यक्तिले शुभकामना दिएका थिए ।

प्रतिक्रिया