अमृता भइन् एसएलसी प्रिन्सेज

Slc-Sundarisकाठमाडौं : ४४ प्रतिस्पर्धीलाई पछि पार्दै अमृता अधिकारी काठमाडौं वर्षा एसएलसी प्रिन्सेज–२०१३ को ताज पहिरिन सफल भइन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले ताज आफ्नो फोल्टामा परेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप सलोनी भट्टराई भइन् भने सेकेन्ड रनरअप आयुषा बस्नेतले जितिन् । प्रतियोगिताको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमश: प्राची अर्याल र आचल दवाडी घोषित भए ।
विभिन्न टाइटलसमेत वितरण गरिएको कार्यक्रममा क्रमस मिस पपुलर डिम्पल भट्टराई, अर्गनाइजर च्वाइस अवार्ड आयुसा बस्नेत, भ्युअर्स च्वाइस अवार्ड सुमी कँुवरले प्राप्त गरे । त्यस्तै, बेस्ट वाक सितुसित बस्नेत, फेसबुक मल्टिमिडिया अवार्ड श्रीयाङ्का थापा, डिस्टिंसन अवार्ड सृष्टीसुमन ओझा र रूचीका बस्नेत, मिस इनोसेन्ट मुना गौचन, मिस फोटोजेनिक एन्जिसा श्रेष्ठ, बेस्ट स्माइल अफिसा श्रेष्ठ, बेस्ट हेयर संगीता बास्कोटा, फेन्डसीप अवार्ड समृद्धी धिताल एजुकेसन अवार्ड अनिसा खड्का, मिस डिसिपिलिन आकृति सिजापती, मिस पर्सनालिटी आँचल दवाडी हुन सफल भए । ट्यालेन्ट अवार्ड उत्र्कषा गौतमको हातमा परेको कार्यक्रममा वेस्ट डेस तृष्णा भण्डारी भइन् ।्
काठमाडांैका विभिन्न स्कुलवाट एसएलसी दिएर बसेका छात्राबाट करिब ८० भन्दा बढीबाट अन्तिम प्रतिस्प्रर्धाका लागि ४४ प्रतियोगी छानिएका थिए । सुभतारा स्कुलका  प्रेम गुरुङ, प्राइम कलेजका प्रिन्सिपल नरेसप्रसाद श्रेष्ठ, सिनियर विमान परिचारीका अन्जली शर्मा खनाल, मिस इन्टरनेसनल नेपाल २०१२ की विजेता सुभेक्षा खड्का, गायिका इन्दिरा जोशी, नेपाली चलचित्र निमार्ता निर्देशक अकाश अधिकारी र मेगा बंंैककी चिफ विजनस अफिसर रविना देशराज श्रेष्ठ कार्यक्रमका निर्णायक थिए ।
अंग्रेजी, गणित र विज्ञान विषयमा अध्यापनसमेत गराइएको प्रतियोगीलाई पौडी, शारीरिक फिटनेस, फोटो सेसन  व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइएको थियो । विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधिसहित ल्यापटप, र कलेजमा प्सटु शिक्षामा फुल स्कलरसीपमा साथै अन्य गिफ्टहयाम्पर हात पारिन् । त्यस्तै फस्ट रनरअप र सेकेन्ड रनर अपले भने क्रमश: आइप्याड ट्याब र मोबाइल, प्सटुमा दुई वर्षको फुल स्कलरसीपमा पढ्न पाउने र अन्य गिफ्टह्याम्पर प्राप्त गरे ।(सौस)

प्रतिक्रिया