भजन शिरोमणि भक्तराजका वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर

पोखरा । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको हो ।

उक्त ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय तथा स्वर गुमेको घटना समेत देखाइएको छ । १३ वर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आगामी असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो ।

यस पटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ । रोशन राई निर्माता रहेको उक्त फिल्मलाई प्रशान्त रसाईलीको निर्देशन बनेको हो भने देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

सो चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन् । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन् ।

ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छन् भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीलगायत कलाकारहरुलाई समेत देख्न सकिन्छ । ओएसआर डिजिटलको युट्युबमार्फत उक्त ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया