७ वर्षदेखि चुरे बचाउ अभियानमा यादव

जनकपुरधाम । एउटा चर्चित भनाइ छ, ‘त्यही काम रोज, जो तिमीलाई रुची लाग्छ, पूरै जिन्दगीभर एक दिन पनि काम गरेको अनुभूत हुनेछैन ।’ यही चर्चित भनाइलाई सार्थकता तुल्याउँदै छन्, चुरे वनजंगल अभियानी सुनिल यादव ।

करिब ७ वर्ष पहिले चुरे वनजंगल विनाशका कारण मधेसमा पानीको सतह घट्दै गएको देखेर आफ्नो घर बाराको सिम्रोनगढबाट मधेसको राजधानी जनकपुरधाम पुगे उनी । मधेसको चर्चित ठाँउ र राजधानी पनि जनकपुरधाम रहेकोले आफूले उठान गरेको मुद्दा सरकारसमक्ष पुग्ने अभिप्रायका साथ जनकपुरधाम पुगेका अभियानी यादवले गठन गरेको ‘चुरे तथा वनजंगल संरक्षण अभियान,’माफर्त चुरे बचाउको नारा गुज्यँमान गर्नथाले ।

तर हरेक नयाँ काम सहज हुादैन । उनलाई पनि यो काम गर्न सुरुमा त्यति सहज भने भएन । बाराबाट नजिकै रहेको मुलुककै आर्थिक राजधानी वीरगंजमा हुर्के बढेका । भोजपुरी भाषी यादवलाई मिथिला क्षेत्रमा पुगेपछि आफनो अभियानमा नयाँ अभियानी जोड्न धेरैनै धौधौ परेको थियो । उनले चुरे वनजंगल बचाउनाले मधेस मरुभुमी हुनबाट बच्ने भनेर घर घर गएर सिकाउने काम सुरु गरे । नभन्दै उनले आफूले अभियान चलाउन सक्ने अभियानी जम्मा गर्न सफल भए ।

सुरुमा चुरे बचाउको लागि उनले मधेसका आठवटै जिल्लाका डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाए । ‘एक कानले सुन्ने अर्कोले उडाउने’ बानी परिसकेको मधेसका सरकारी कार्यालयले उनको ज्ञापनलाई टेरपुच्छर लाएनन् । यसरी पहिलो प्रयासमा सफलता नपाए पनि उनी आफ्नो अभियानबाट टस मस भएनन । अझ दृढ भएर अगाडी बडे ।

सोहि अन्तरालमा डिभिजन वन कार्यालय सिरहामा भ्रष्टाचार भइरहेको र मारुति सिमेन्टले वनको जग्गा कव्जा गरेको जानकारी पाए उनले । उनलाई आन्दोलनको बिषय हात लाग्यो र त्यस तर्फ जाई लागे । त्यसका लागि उनी सिरहामा रहेका आफ्ना अभियानसँग सम्वद्ध रहेका अभियानीलाई लगेर डिभिजन वन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउन पुगे । तर सो समय वन कार्यालयका प्रमुखले उनको ज्ञापन बुझ्न अस्विकार गरे । बन कार्यालयले कार्यालयमा आएका अभियानीलाई हटाउनका लागि प्रहरी नै बोलाए । यसरी प्रहरी बोलाएर लाठी चार्ज गरे पछि सिरहाका अभियानी झनै बिच्किए र कार्यालयमा तोडफोड गरे । तोडफोड पछि सरकारी सम्पती हानी नोक्सानी गरेको भन्दै यादवमाथि मुद्दा हालियो जुन अहिले पनि चल्दै छ ।

उक्त तोडफोड घटनामा सिरहाका अभियानीलाई धरपकड गरिएपछि एक एक गरी जोडेको चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानी सब अलग भए । त्यसपछि अभियानी यादवले जनकपुरधाम केन्द्रित आन्दोलन गर्ने सोँच बनाए । त्यतिनै बेला निरन्तर अभियानका लागि दौडधुप गरिरहेका यादवले वर्षौदेखि भुमिहीन रहेको गरिब दलितको साथ पाए । बल्ल बल्ल जोडेको आन्दोलनबाट एक्लै भएका यादवले यो साथलाई सहि ढंगले प्रयोग गरे । यस अभियानमा आफ्नो पनि मुद्दा राखिदिने बाँचाका साथ भुमिहिनहरु अभियानी यादवलाई हरेक पल साथ दिन तयार भए । चुरे वनजंगल संरक्षणका साथै भुमिहिनलाई जग्गा देउको नारा लिएर उनले २०७८ चैत १ गते जनकपुरधाम केन्द्रित आन्दोलन सुरु गरी सरकार विरुद्ध ‘हल्लाबोल’ सुरु गरे ।

सात दिनसम्म चुरे तथा वनजंगल संरक्षण अभियानको क्रममा सयाँै सुकुम्वासीको साथ लिएर सडक आन्दोलन गरेका यादवको माग र मुद्दालाई तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले सम्वोधन गरेनन् । उनले माग सम्वोधनका लागि आमरण अनसनसम्म बसे । माग सम्वोधन गर्ने लिखित बचन दिएर प्रदेश सरकारले अनसन पनि तोडाए । तर, उनले उठाएको मुद्दा सम्वोधन गरिएन । प्रदेश सरकारले मुद्दा सम्वोधनका लागि चासो नलिएपछि उनी संघीय राजधानी तर्फ मोडिए ।

पर्साको वीरगंजहुदै केहि अभियानीलाई साथमा लिएर उनी पैदल यात्रा हुदै संघीय राजधानी काठमाडाैं पुगे । आन्दोलन पनि गरे । तर त्यति बेला उखु किसानको मुद्दा जोडसोडका साथ उठेकाले उनको मुद्दा छायाँमा पर्यो, कसैको ध्यान दिएन । यद्यपी सरकारको तर्फबाट मुद्दा सम्वोधन हुने भन्दै प्रतिवद्धता आयो, तर कार्यान्वयन भएन । यतिसम्म गर्दा पनि मुद्दा सम्वोधन नभएपछि उनी २०८० वैशाख १६ गतेदेखि पुनः सप्तरी हुँदै २३ दिन पैदल यात्रा गरेर संघीय राजधानी काठमाडौँ पुगे ।

अभियानी यादवले उठान गरेका ११ बुँदे माग अन्तरगत संघीय सरकारद्वारा ल्याइएको ढुंगा, गिटी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारिज गरी अतिक्रमणमा परेको चुरे वन क्षेत्रको जग्गा खाली गराएर वन क्षेत्रमा फर्काउनु पर्ने, भुमि आयोग गठन गरी दलित भुमिहीन तथा सुकुम्वासीलाई भुमिको व्यवस्था गरी नेपाललाई भुमिहिन मुक्ता राष्ट्र घोषणा गर्नुपर्ने माग गरिएको छ । यसै गरी प्रदेस सरकार अन्तरगतको वन प्रशासनलाई सेवा सुलभ तथा प्रभावकारी बनाउन वन प्रशासनको सुशासनका प्रत्याभुति, आम नागरिकमा गराई डिभिजन वन कार्यालयमा हुने गरेको अनियमितता रोक्न दुईतीन वर्ष भन्दा बढि समयदेखि कार्यरत कमचारीलाई सरुवा गर्नुपर्ने माग अगाडी बढाइएको छ ।

यसका साथै उनले चुरे क्षेत्र भित्रका नदी नालाबाट अवैध निकासी हुने ढुंगा, गिटी, बालुवा र क्रसर उद्योग तत्काल वन्द गरी यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्नुपर्ने तथा मधेसमा पानी रिचार्ज जोन र चुरे तथा वन क्षेत्र भएर वग्ने नदीमा सम्भाव्यताको आधारमा ड्याम तथा पोखरीको निमार्ण गर्नुपर्ने माग गरिएको छ ।

मधेसको बारा र पर्सा जिल्लामा बग्ने सिरसिया नदी लगायतका नदी प्रदुषण र अतिक्रमण गर्ने उद्योगीलाई कानुनी दायरामा ल्याई कारवाही गरि नदीलाई प्रदुषण र अतिक्रमण मुक्त बनाउनुपर्ने, ओम प्रकास भनिने दिलिप महतोलाई प्रथम पर्यावरण शहिद घोषणा र घरको सदस्यलाई रोजगारीको व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।

त्यस्तै डढेलो नियन्त्रण गरी खुल्ला चरिचरण बन्द गर्नुपर्ने, विभिन्न परियोजना तथा विकासको नाममा चुरे तथा वन जंगल मास्ने कार्य बन्द गर्नुपर्ने र मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयद्धारा आर्थिक वर्ष ०७९/०८० को विभिन्न योजनामा भएको भ्रष्टाचार र आर्थिक वर्ष ०८०/०८१ मा वन तथा वातावरण मन्त्रालयद्धारा कर्मचारी सरुवामा भएको आर्थिक चलखेललाई सत्य तथ्य छानवीन गर्नुपर्ने माग अगाडी बढाइएको छ ।

चुरे वन विनाशका कारण मधेस मरुभुमी भइरहेको हुँदा निजी वनको धनीलाई चुरे तथा वन जंगल बचाउ कार्यक्रममा संलग्न राख्न र निजी वन धनीलाई सरकारद्धारा गरिएको उपेक्षीत कार्यक्रम व्यवस्थीत गराउनुपर्ने र अभियान र प्रदेश सरकार, संघ सरकारविच भएको सम्झौता तथा प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने लगायतको माग उठान गरिएको छ ।

हुनतः अभियानी यादवले उठान गरेका मुद्दाहरु पुरा गर्नका लागि सरकारलाई धेरै नै मेहनत गर्नुपर्ला । त्यसो पनि छैन तर केन्द्र सरकारदेखि प्रदेस सरकारसम्म सबै कुर्सीका लागि मारामार गर्दे आएको र स्थानिय सरकार भ्रष्टाचारमा मस्त रहदा इमान्दार नै नभइदिएका कारण सात वर्षदेखि निरन्तर गर्दै आएको आन्दोलनले सार्थकता पाउन सकेको छैन ।

अभियानी यादव भन्छन, ‘आफनो शरिरमा स्वास रहेसम्म चुरे वनजंगलको संरक्षण, भुमिहिनको अधिकार प्राप्तिका लागि अनवरत लडी रहन्छु ।’ अभियानी यादवको यस्तै हठि स्वभावका कारण अहिले मधेशमा उनि चर्चित अभियानीको रुपमा पनि उदाएका छन् भने वनसंग सम्वद्ध विभिन्न कार्यालयले उनको अभियानलाई सम्मान पनि गर्न थालेको छ । अभियानी यादव भन्छन्, ‘यति पनि हुनु मेरो लागि पहिलो खुडकिलो पार गरेको जस्तो छ, अगाडी बढ्दै रहन्छु ।’चाहे जति दिन लागोस अभियानलाई सार्थक दिलाएर छोडने उनको हठ रहेको छ ।

प्रतिक्रिया