त्रिशुलीको किनारामा भेटियो एक पुरुषको शव, भोटेकोशीको बाढीमा बेपत्ता व्यक्ति भएको आशंका

काठमाडौं । त्रिशुली नदिको किनारामा एक पुरुषको शव भेटिएको छ । आज शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशुली नदिको किनारामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४५–५० वर्षीय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुंगाबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ ।

फेला परेका शवको भने पहिचान हुन सकेको छैन । उक्त शव गत मंगलबार भोटेकोशी नदीको बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

यसैगरी हिँजो बुधबार म्याग्दीको मालिका गाउँपालिका– ३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका १३ वर्षीय बालक सरोज विकको शव सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले आज बजे फेला पारेको जनायएको छ । ती बालकसहित उनका बुवाको शव बुधबार नै भेटिएको थियो ।

प्रतिक्रिया