साँच्ची डाँका जंगलमा बस्छन् या महलमा ?

बेन्डिट क्विनको मर्म

नयाँ दिल्ली । बेहमाई गाउँमा ८० जना बलात्कारी हिन्दु ब्राह्मणको हत्या भएको ३४ वर्ष पूरा भइसकेको छ । त्यो एउटा यस्तो नरसंहार हो, जसले भारतीय डकैती दुनियाँमा फुलनदेवीलाई स्टारका रूपमा स्थापित गराएको थियो । सरकार र कानुनी भाषामा अपराधी ठहर भए पनि उनलाई नायकका रूपमा परिभाषित गर्नेको संख्या बढी थियो ।

यसैको आधारमा बनेको फिल्म बेन्डिट क्विनको सार नै यो हो कि ‘वास्तविक डाँकाहरू जंगलमा होइन महलमा बस्छन् ।’ ८० को दशकको मध्यमा भारतीय फोटोग्राफर प्रशान्त पञ्जियारले भारतका कुख्यात डाँकाहरूको बसोबास क्षेत्र मानिएका डरलाग्दा स्थानमा धेरै समय बिताएका थिए । समय मात्र विताएनन्, उनले त्यसै समयमा थुप्रै तस्बिर पनि लिए ।

यस्ता धेरै डाँकाहरू मध्य प्रदेशको चम्बल क्षेत्रमा बसोबास गर्थे । यहीँ रहेर उनीहरू आफ्नो कार्य सञ्चालन गर्थे । पुलीत्जर पुरस्कार विजेता पत्रकार पाउल कासोलपेकका अनुसार त्यस क्षेत्रबाट सञ्चालित समूहले लुटपाट र हत्या जस्ता गतिविधि सामान्य हुने गरेका थिए । १९८२ को मेमा लामो प्रयास पछि प्रशान्त र उनका दुई साथीले चम्बलमा ‘बान्डीट किङ’ भनिने मल्खान सिंहलाई भेटे । उत्तर प्रदेशको क्षेत्रमा उनीहरूले दण्डहीनता मच्चाइ रहेका थिए । यसको एक वर्ष अघि मात्र आफूलाई सामूहिक बलात्कार भएको कारण फलुनदेवीले २२ जना उच्च जातका हिन्दुहरूलाई एकै पटक मारेकी थिइन् ।

चम्बलमा रहेका मल्खान सिंह र उनको ग्याङ त्यो समयमा धेरै नै डराएको थियो । कहिले नांगै गोडा या कहिले चप्पल लगाएर हिँड्न रुचाउने उनीहरूले खोलाको तीर छेउमा आफ्नो वासस्थान बनाएका थिए । १३ वर्षे डकैती कालको पिकमा रहेको समयमा उनले एकै पटक १ सय जना जम्मा गरेर बुटले बजार्ने समेत गरेका थिए । १९८२ मा प्रहरीले यो ग्याङको विद्धमा डकैती, अपहरण र हत्याको ९४ वटा मुद्दा दर्ता गरेको थियो ।

प्रहरी प्रशासनले मल्खानको टाउकाको मूल्य ७० हजार रूपैयाँ राखेको थियो । अहिलेको बजारमा यो मूल्य कम मानिएका । तर, त्यो समयको भारतीय बजारमा त्यो रकम एकदमै धेरै हो । १९८२ मा पञ्जियार र उनका साथी कल्याण मुखर्जी र बृजल सिंहले मध्य प्रदेशको काँग्रेस नेतृत्वको सरकारका प्रतिनिधि र ग्याङ सदस्य बिच आत्म समर्पणका लागि वार्ता भई रहेको समयमा भेटेका थिए ।
‘उनीहरूलाई अप्ठेरो हुने गरी प्रकाशित नगर्ने सर्तमा विश्वसनीयता सहित म फोटो खिच्न सफल भएको थिएँ । ’ सो समयको आफ्नो कामको बारेमा पञ्जियारले बताए । पञ्जियारले त्यो समयको खासै कोहीसँग नखुल्ने तथा अमेरिकामा निर्मित आफै लोड हुने राइफल बोक्ने ती अग्ला व्यक्तिलाई अहिले पनि सम्झी रहेका छन् । पञ्जियारकै अनुसार ‘उनी कम बाल्ने, इगो राख्ने तथा अरूलाई सम्मान गर्ने ’ स्वभावका थिए ।

त्यस ग्याङमा रहेकाहरू रातको समयमा एकै पटक दुई दर्जन एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका थिए । सुत्ने ओछ्यान, हतियार र पानी लगायतबाट बच्नका लागि सामग्री बोकेर उनीहरू हिँड्ने गरेका थिए । एक समूहमा एक जनाले एके ४७ बोकेका थिए भने अन्यले राइफल र कार्बीन बोकेका थिए ।

पञ्जियारका अनुसार मल्खानले चम्बलको सामाजिक संरचनाको प्रतिनिधित्व गरेका थिए । माथिल्लो जातका भनिनेहरूको भेदभावको विरुद्धमा प्रतिकार गर्दै आत्मसम्मानको खोजी गर्ने तल्लो जाती भन्ने गरिएकाहरूको विद्रोहको स्वरूप नै मल्खान सिंह थिए ।
पञ्जियारले दुर्लभ लाग्ने त्यो तस्बिर लिनकै लागि आफ्नो पेन ट्याक्स प्रयोग गरे भने निक्सन क्यामरा भाडामा लिएका थिए ।

त्यसै वर्षको जुनमा हजारौँ जानको उपस्थितिमा उनले आत्म समर्पण गरेका थिए । ग्याङको कुनै पनि सदस्यलाई मृत्युदण्ड नदिने सर्तमा आत्मसमर्पण भएको थियो । ‘एउटा अग्लो र सुन्दर युवा । प्रहरीको जस्तो लुगा लगाएको समाजले खोजेको एउटा नायक जस्तै देखिने । उनी सार्वजनिक हुँदा ३० हजार जनाले ताली बजाएर स्वागत गरेका थिए ’ आत्मसमर्पणको समयलाई पञ्जियार अझै सम्झन्छन् ।
उनी सार्वजनिक भएसँगै धेरै सञ्चारकर्मीले तपाइलाई कस्तो लागेको छ ? भन्ने प्रश्न गर्दा उनी पनि पञ्जियारलाई यही प्रश्न सोध्ने गर्थे । तीनै सिंह सहित उनका समूहका धेरैले जेल जीवन बिताइ सकेका छन् । जेल जीवन पुरा गरी सकेका उनी अहिले राजनीतिमा छन् । ७८ वर्षीय उनी सत्तारुढ भारतीय जनता पार्टी (विजेपी) छाडेर उनी अहिले काग्र्ेसमा आवद्ध भएका छन् ।

विगत सम्झँदै सिंह भन्छन्,‘ म डाँका होइन विद्रोही थिए । साँचो डाँकासँग कसरी मुकाबिला गर्ने त्यो मलाई राम्रोसँग थाहा छ ’
सिंह जस्तै अर्की सनसनीपूर्ण डाँका ८० को दशकमा भारतमा चिनिएकी थिइन् । गरिब परिवारमा जन्म, बच्चामा विवाह र आफ्नै श्रीमान्बाट कैयौँ पटक बलात्कार । फुलनदेवीको पिडा यत्तिमा सकिएन । घरबाट भागेर ग्याङ निर्माण गरेकी फुलनदेवीले त्यसै ग्याङमा एक जनासँग प्रेम पनि गरेकी थिइन् । आफ्नै ग्याङमा भएको झगडामा उनका प्रेमी विक्रम मलाह मारिए भने फुलनदेवीलाई बन्धक बनाइएको थियो । यो समयमा नै उनलाई बारम्बार बलात्कार गरिएको थियो । त्यहाँबाट छुटकारा पाउने बित्तिकै उनले नयाँ ग्याङको निर्माण गरेकी हुन् । यस पछि उनले अर्को युवासँग प्रेम गरिन् । आफूलाई अन्याय गर्नेसँग बदला लिने क्रममा एकै पटक २२ जनाको ज्यान समेत लिएकी थिइन् ।

दुई वर्ष डकैतीमा संलग्न रहेकी फुलनदेवीले १९८३ मा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण हुँदा उनलाई अपहरण, डकैती र चन्दा सङ्कलन लगायत ४८ वटा मुद्दा लगाइएका थिए । उनले ११ वर्ष जेलमा बिताएकी थिइन् । फूलनदेवीले २२ जनाको हत्या गरे पछि सञ्चार माध्यम र नागरिक समुदायले प्रशंसा गर्दै नायकको संज्ञा दिएका थिए ।

१९९४ मा समाजवादी पार्टीका मुलायम सिंह यादवको नेतृत्वमा सरकार रहेको समयमा उनलाई बाँकी सम्पूर्ण सजाय माफी दिँदै जेल मुक्त गरिएको थियो । यस पछि उनी लगातार दुई पटक समाजवादी पार्टीमा सांसदमा निर्वाचित भइन् । २००१ मा सांसद रहेकै समयमा उनलाई सेर सिंह रानाले उनकै सरकारी निवासको ढोकैमा घरको ढोकैमा गोली प्रहार गरेका मारेका थिए । सेरसिंहका आफन्तलाई फुलनदेवीको ग्याङले बहमाइ भन्ने ठाउँमा मारेको थियो । १९९४ फलुनदेवीको त्यो समयसम्मको जीवनीमा आधारित चलचित्र ‘ बेन्डीथ क्विन ’ रिलिज भएको थियो । यो फिल्म पनि भारतीय बजारमा अत्यन्त चर्चामा रहेको थियो ।

उत्तर प्रदेशको जलाऊ जिल्लामा जन्मिएकी उनी आफ्नी आमा बाबुको चार सन्तान मध्यकी कान्छी थिइन् । संयोगवश उनी र उनकी एक दिदी मात्र ठुलो भएसम्म बाँचे । सानोमा घरको सम्पत्तिको विषयमा पहिलो पटक पारिवारिक धर्ना दिन खोज्दा उनले नातामा दाजु पर्नेबाट पिटाइ समेत खाएकी थिइन् ।

यो घटना हुँदा उनी ११ वर्षको मात्र थिइन् । घटना भएको केही समय पछि उनको पटैयालाल मलाहासँग विवाह भएको थियो । श्रीमानसँग भागेर माइती गएकी उनलाई श्रीमानले नै चोरीको आरोप लगाएका थिए । यही कारण उनी जेलमा पुगेकी थिइन् । जेलबाट निस्किएर माइतमै बसेकी फुलनदेवी १६ वर्ष पुगे पछि फेरी माइतीकै प्रयासमा घर फर्काइन् । त्यहाँ उनी लामो समय उनी ‘ कुमारी ’ रहन सकिनन् । ११ वर्षको उमेरमा विवाह भएकी उनले १६ वर्षमा श्रीमान् जर्वजस्ती गरे पछि कौमार्य गुमाएकी हुन् । यस पछि उनी माइती फर्काइन् । फुलनदेवीको आत्मवृत्तान्त श्रीमान्लाई एकदमै खराब व्यक्तिको रूपमा चित्रण गरिएको छ ।

फुलनदेवी घरबाट पहिलो पटक ग्याङमा आबद्ध हुनुको कारण भने अस्पष्ट नै छ । कतिपयले उनलाई अपहरण गरेर ग्याङमा आबद्ध गराइएको अनुमान गरेका छन् भने कतिपयले उनी आफै घरबाट भागेर ग्याङमा समावेश भएको जनाएका छन् । उनकै आत्मवृत्तान्त यो घटनालाई ‘ किस्मतका यही मन्जुर था ’ भनेर उल्लेख गरेकी छिन् ।

उनको जीवनको परिवर्तन भने बहमाइ गाउँका ठाकुर खानदानका ठालुहरू बाट बलात्कार भए पछि उनको जीवनमा नयाँ परिवर्तन देखिएको हो । बहमाइमा आफू जस्तै तल्लो जात भनिएका विक्रमकै ग्याङका मान सिंह मलाहाको सहयोगमा उनले छुटकार पाइन् । यस पछि मानसिंह र फुलनदेवीको ग्याङले भारतमा एक पटक धेरै चर्चा बटुलेको हो ।

कुनै समय भारतका चर्चित धावक पानसिंह टोमार पछिल्लो समय आफूलाई अन्याय भएको ठहर गर्दै डकैतीमा संलग्न भए । उनलाई प्रहरीले इन्काउन्टरमा मारेको हो । त्यसो त डाकूँ मान सिंहलाई नजिक बाट चिन्नेहरू सञ्चार माध्यमले व्याख्या परे अनुसार र राज्य पक्षले प्रस्तुत गरे अनुसार खराब नभएको टिप्पणी गर्छन् ।
यस्ता अन्य थुप्रै उदाहरण भारतमा पाउन सकिन्छ । यो समस्या भारतको उत्तरी राज्य उत्तर प्रदेशमा अझ धेरै छ । खराब आर्थिक र सामाजिक अवस्था रहेको उत्तर प्रदेश राज्यले डाँकाको संज्ञा दिएका धेरै जना आम मानिसमा लोकप्रिय थिए ।

इतिहासले मलखान सिंह र फलुनदेवीलाई डाँका भन्दा नायकको कोटी नै राख्ने छ । मलखान सिंहले भने जस्तै दक्षिण एसियाली देशमा रहेको यो सामाजिक र राजनीतिक परिबेसमा साँचो डाँका को हो ? भन्ने प्रश्न सायद इतिहासमा उठ्ने छ । अनि मल्खानले भने जस्तै जंगलमा रहनेहरू भन्दा ठुला डाँका महलमै हुन सक्छन् जसले मलखान, फुलनदेवी र पानसिंह लगायत धेरैलाई डाँका बनाए ।

फुलनदेवीकै जिवनमा आधारित बेन्डिट क्विन भारतीय लेख मालासेनले लेखेको पुस्तककै आधारमा तयार भएको हो । शेखर कपुरको निर्देशनमा बनेको सो फिल्ममा सिमा विश्वासको मुख्य भुमिका छ । सो फिल्मले नेसनल फिल्म अवार्ड समेत पाएको थियो । यस अघि नै पनि उनको जिवनीमा आधारित फुलन देवी त्यत्तिकै सफल भएको थियो । फलुनदेवीको फिल्मको मर्म ‘साँचै डाँका जंगलमा छन् या महलमा ?’ यो भारत होइन सिंगो दक्षिण एसियमामा आवश्यक बहस हो ।

प्रतिक्रिया