स्वदेशमा रोजगारीको अवसर नपाएर युवाहरू पलायन हुने क्रम बढ्दै गएको छ । यसले मुलुकको भविष्यमा कस्तो प्रभाव पार्ला ?

मुलुकभित्र प्रसस्त रोजगारीको अवसर नभएकै कारण युवाहरू विदेश जान बाध्य छन् । यदि मुलुकभित्रै प्रसस्तै रोजगारीको सिर्जना गर्न सकिएको भए यस्तो अवस्था आउने थिएन होला । अहिले मुलुकको अवस्थाअनुसार स्वास्थ्य, शिक्षा, सूचना प्रविधिको विकास र समग्र आर्थिक अवस्थामा सुधार देखिएको छ यो वैदेशिक रोजगारीकै कारण हो । वैदेशिक रोजगारीका कारण मुलुकबाट ठूलो संख्यामा युवा विदेश गएको भए पनि यसले सकारात्मक प्रभाव पारेको छ । यदि वैदेशिक रोजगारीमा जान अवस्था पनि थिएन भने आफ्नो दैनिकी चलाउन पनि नसक्ने अवस्थामा हुन्थे । यद्यपि, विदेशमा रहेका नेपालीले त्यहाँ सिकेको सीप यहाँ आएर सदुपयोग गर्ने मात्र अवस्था भए पनि धेरैले रोजगारी पाउँथे जस्तो लाग्छ ।

प्रतिक्रिया