नेपालमा प्रजातन्त्र र लोकतन्त्र अझै संस्थागत हुन सकिरहेका छैनन् । दलहरू प्रजातन्त्रप्रति बफादार भएपनि सैद्धान्तिक विमतिका कारण दलीय व्यवस्थालाई टिकाउ गर्न नसकिएको हो । राजनीतिक दलहरूबीच एक अर्कोलाई आरोप प्रत्यारोप र अविश्वासका कारण यस्तो अवस्था आएको हो । यसको मुख्य कारण एनेकपा (माओवादी) नै रहेको छ । फागुन ७ ले ल्याएको विधि र बहुदलीय व्यवस्थामा एमाओवादीलाई ल्याउनका लागि यस्तो भएको हो । एकदलीय व्यवस्था स्थापित गर्न चाहने एमाओवादीलाई बहुदलीय व्यवस्थामा रूपान्तरण गराउन अझै धेरै समस्या रहेका छन् । अझै पनि एमाओवादी पूर्ण रूपमा बहुदलीय व्यवस्था स्वीकार गर्न सकिरहेको छैन । बल्ल लोकतन्त्र र गणतन्त्र संस्थागत हुने प्रक्रियामा रहेका छन् । जबसम्म पार्टी बहुदलीय व्यवस्थामा आउँदैन तबसम्म दलीय व्यवस्थाले पनि निरन्तरता पाउन सक्दैन । सहयात्री दलहरू बहुदलीय व्यवस्थामा आउनुको विकल्प छैन । एमाओवादी अझै पनि आफूलाई बहुदलीय व्यवस्थामा रूपान्तरण गर्न नसकेका कारण यस्तो समस्या आएको हो । मुलुकमा लोकतान्त्रिक संविधान जारी गर्न नसक्नुको कारण पनि यही हो । अब बन्ने नयाँ जनादेशले माओवादीलाई बहुदलीय व्यवस्थामा आउन बाध्य पार्नेछ ।
प्रतिक्रिया