कसरी फष्टाउँदै छ, नेपालमा गाईगोरुको मासु व्यापार ?

विन्दुकान्त घिमिरे

भारतीय समाजमा अकबर र वीरबलका कथाहरु लोकप्रिय भए जस्तै नेपाली समाजका छट्टु स्यालका कथाहरु निकै लोकप्रिय छन् । स्याल सबै भन्दा छट्टु जनावर हो होइन थाह छैन , तर कुकुर भन्दा श्याल छट्टु हुने कुरा गाउँघर तिर ब्यवहारमै देखिन्छ । श्याल भन्दा कुकुर छिटो दौडन सक्छ । तर कुकुरले श्याललाई हतपत्ति पक्डन सक्दैन । जब श्याललाई लखट्दै कुकुर पछि लाग्छ तब श्याल दुई सय मिटर जति सिधै अघि कुद्छ र पिसाव फेरिदिन्छ , अनि छड्केबाटो भाग्छ । कुकुर चाँही श्याल भागेको दिशा पत्ता लगाउन त्यही पिसाव सँुघ्न थाल्छ । त्यतिन्जेल श्याल निकै पर पुगेर दुलोभित्र छिरिसकेको हुन्छ ।

भ्रष्ट राजनीतिकर्मी भनेका छट्टु श्याल जस्तै हुन् । त्यसमा पनि नेपालका भ्रष्टाचारीहरुले जनताको ध्यान छट्टु श्यालले जस्तै अन्यत्र नै मोडेर आफ्नो गोरखधन्दालाई निरन्तरता दिएका तमाम उदाहरणहरु छन् । यसको पछिल्लो उदाहरण हो , गाई गोरुको मासु खाने समुदाय र गाई गोरुको पूजागर्ने समुदायबीच भड्काइएको द्धन्द । अब जनताले भ्रष्टाचार विरुद्ध मुख्य एजेण्डा बनाएको कुरा गत स्थानीय निर्वाचन , आम निर्वाचन तथा उपनिर्वाचनको मत परिणमले मज्जाले पुष्टि गरिसकेको छ । भ्रष्टाचार विरुद्ध अभियान सुरु गर्न सरकार माथि दवाव सुरु भएको पनि छ । वर्तमान सरकारले केही काण्डहरुको अनुसन्धान अघि बढाएको पनि छ । भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने र आगामी निर्वाचनको मुख्य एजेण्डा नै भ्रष्टाचार प्रकरण हुने गरी मुलुकको राजनीति तथा जनचेतना बढ्दै गएको कुरा सत्य हो ।

तर भ्रष्टाचारीहरु आम जनता भन्दा बाठै हुन्छन् । जनताको ध्यान अन्यत्र नमोड्दासम्म आफ्नो रजाँइ नचल्ने देखे पछि जनतालाई आपसमा भिडाउने रणनीति बन्नु स्वभाविकै हो । यही रणनीतिको उपज हो अहिले मच्चाईएको गाई–गोरु पुज्ने र गाई–गोरुको मासुखाने समुदायबीचको द्धन्द । यो द्धन्दको नेतृत्व कसले र किन गरिरहेको छ ? भन्ने कुरा आम जनताले जबसम्म बुझ्दैनन् तबसम्म भ्रष्टाचार बिरुद्धको एजेण्डा छाँयामा पर्ने लगभग निश्चित जस्तै छ । आखिर गाई–गोरु पुज्ने समुदायका व्याक्तिले पनि भ्रष्टाचार गरेका छन् , गाई–गोरुको मासुखाने समुदायका व्याक्तिले पनि भ्रष्टाचार गरेका छन् । ठूला भ्रष्ट्राचार प्रकरणका अभियुक्तहरुको सूचि हेर्ने हो भने सबै कुरा छर्लङ्ग छ । भ्रष्टाचारी भनेका भ्रष्टाचारी नै हुन् , चाहे गाई–गोरुको मासु खाउन चाहे गाई गोरुको पूजा गरुन ।

नेपालमा गाई–गोरुको मासु खाने भन्दा गाई–गोरुको पूजागर्नेहरुको जनसंख्या ठूलो भएको सत्य हो । तर गाई–गोरुको मासु खाने भन्दा गाई–गोरुको पूजागर्नेहरु लामो समय देखि एउटै समुदायको सदस्यका रुपमा मिलेर बसेको कुरा पनि सत्य हो । यो परम्परादेखि चल्दै आएको हो । सबैलाई थाह छ । तर अहिले यसैलाई विवादको मुद्दा मात्रै बनाइएको छैन । साम्प्रदायिक द्धन्द मच्चाउने प्रयास गरिएको छ ।

नेपालमा गोमांश व्यापार

नेपालमा मासुको ब्यापार हुन थालेको इतिहास खासै लामो छैन । त्यसमा पनि गोमांशको व्यापार हुने गरेको इतिहास त धेरै छोटो छ । २०३० साल तिर सोल्टी होटलले गोमांस आयतका लागि टेण्डर आह्वान गर्दा योगी नरहरिनाथले खवरदारी गरेपछि मात्रै नेपालमा पनि गोमांशको ब्यापार सुरु हुन थालेछ भनेर केही नेपाली जनताले थाह पाएका हुन् । त्यतिबेला गोमांशको व्यापारमा राजपरिवारका सदस्यले हात हालेका कारण योगी नरहरिनाथले बोलेका हुन् । ‘जुन देशको राज परिवार आँफूलाई हिन्दु भन्छ , तर गाइको मासु ब्यापर गर्छ , त्यस्तो देशको कल्याण कसरी हुन्छ ?’ योगी नरहरिनाथले उठाएको प्रश्न यही थियो । किनकी सोल्टी होटल राजपरिवारको थियो ।

नेपालमा कानुनतः गाई– गोरु मात्रै होइन पोथी पशु चौपायको समेत बध निशेष छ । तर व्यवाहरमा भने पोथी भेडा, बाख्रा तथा भैंसीको वध खुलेआम हुने गरेको छ । गोरुको बध भने गोप्य हुने गरेको छ । । संबिधानमा गोरु बध गर्न पाईदैन । गाई राष्ट्रिय जनावर हो र गाई काटिमारी खाए दण्ड जरिवाना र सजाय तिनै कुरा हुन्छ भनेर उल्लेख छ । साथै अर्को थरी बिवाद त्यसो भनेर हुदैन, देशको संबिधानमा धर्म निरपेक्ष भनेको छ गाई लाई परम्परागत रूपमा खाँदै आएको समुदायले धर्म निरपेक्षताको आडमा काटी मारी खान पाउनु पर्दछ भनेर माग गरि राखेको छ । एउटा धर्मको मात्र पृष्ठपोषण गर्न पाँईदैन एकाथरी भन्छन भने अर्कोथरी हाम्रो धर्ममा पवित्र मानेको कुरा काटेर खान पाईदैन भनेर भनी रहेका छन लाटो ÷सिधा बुझाई यहि हो साथै खास बिवाद धर्म निरपेक्ष देशमा र गाई काटी मारी खाए हुने दण्ड सजाय हुनेकी नहुने भन्ने हो ।

२०७६ कात्तिक २४ गते राजश्व अनुसन्धान विभागले मासु तस्करीको सूचनाको आधारमा भारतबाट आउँदै गरेका दुई ट्रकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यूपी बि ३ एटी ९६४७ र एआर ५५ आर ४८५० नम्बरका ट्रक चालकसहित विभागले नियन्त्रणमा लिएर छानबिन गर्दा भारतबाट निकै ठूलो परिमाणमा गोमांश तस्करी हुने गरेको रहस्य खुल्यो । काठमाडौंका ठूला होटल तथा रेस्टुरेन्टहरुमा भारतबाट गाईको मासु तस्करी हुने गरेको सूचनाका आधारमा छानबिन सुरु भएको थियो ।

सो गाडीबाट १० हजार दुई सय ४० केजी मासु गाईको बरामद गरिएको थियो । ठूला होटलहरुले राजश्व तिरेर गोमांस आयत गर्न पाउँछन् । तर धेरै जसो गोमांस तस्करीको माध्यमबाट आउने गरेको छ ।

प्रहरीका अनुसार चलन चल्तीका नाकाबाट भन्दा पनि छोटी नाकाबाट गोमांश तस्करी हुने गरेको छ । चार वर्ष अघि सर्लाहीस्थित भन्सार कार्यालयबाट कर्मचारीको मिलेमतोमा ठूलो परिमाणमा गोमांस तस्करी भएको प्रमाण फेला परेको थियो । रिन्कु कुमारी सञ्चालक रहेको सिआर ट्रेडिङ कम्पनीका नाममा केराउनको दाना भन्दै गोमांश ल्याइएको थियो । सर्लाहीको मलंगवा भन्सार कार्यालयबाट कात्तिक १४ गते भन्सार जाँचपास पूरा गरेको उक्त गाडी कात्तिक १९ गते काठमाडौं आइपुगेको थियो । भन्सार छली गरी अरु नै सामान ल्याएको सुराकीपछि राजश्व अनुसन्धान विभागले उक्त गाडी नियन्त्रणमा लिएको थियो । दुई मध्ये एउटा गाडी सी आर टे«डिङले मगाएको सामानले भरिएको थियो भने अर्को गाडीचाहीँ दिपज्योति सप्लायर्स पेप्सीकोलाको नाममा आएको थियो ।

राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिए पछि बयानका क्रममा दिपज्योति सप्लायर्सले सोल्टी होटलका लागि मासु ल्याएको बताएको थियो । सोल्टी होटल पूर्वराजा ज्ञानेन्द्र शाहको हो । सप्लायर्सले बासुदेव मरहठ्ठाले सोल्टी होटलसँग एक वर्षका लागि मासु दिने एग्रिमेण्ट भएको भन्दै उनले सोल्टी होटलकै लागि उक्त मासु ल्याएको प्रारम्भिक बयान दिएका थिए । भारतबाट प्रक्रिया पु¥याएर गोमांश आयत गर्दा करिब ५१ प्रतिशत महसुल र कर तिर्नुपर्छ । ५१ प्रतिशत महसुल तिर्दा महंगो पर्ने भन्दै गोमांस तस्करी हुने गरेको हो ।

भारतको मौनता

कुनै बेला विश्वमा सबै भन्दा धेरै गाइको मासु निर्यातक देशका रुपमा भारतको नाम लिने गरिन्थ्यो । तर पछि ब्राजिलले उछिन्यो । भारत दोस्रो स्थानमा झ¥यो । हिन्दुवादी पार्टीका नेता नरेन्द्र मोदीको उदय नहुँदा सम्म भारतको अर्थतन्त्रको उल्लेख्य हिस्सा गाईको मासु निर्यातले ओगटेको कुरा सत्य हो । तर मोदीको दोस्रो कार्यकाल देखि भने गाईको मासु निर्यातमा अघोषित प्रतिवन्ध लगाइएको छ । जसका कारण भारतका केही हिन्दु व्यापारी समेत मोदी सँग असन्तुष्ट छन् । त्यतिबेला गाईको मासु निर्यात गर्ने भारतका १० ठूला कम्पनीहरुमध्ये ६ वटा कम्पनी गैर हिन्दुहरुका थिए भने अतुल सरावल, सुनिल कापुर ,मदन अवोट लगायतका ४ जना व्यापारी हिन्दु ब्यापारीहरु गोमांस निर्यातमा संलग्न थिए । नेपालबाट सित्तैमा गाइगोरु भारत लैजने , त्यहाँबाट मासु बनाएर नेपालमा बेच्ने गज्जवको धन्दा भारतमा घोषित रुपमै फष्टाएको थियो । तर अघोषित रुपमा भने अहिले पनि यो धन्दा जारी छ ।

गोमांस निर्यात रोक्न मोदी माथि आरएसएसको दवाव हुनु स्वभाविकै हो । त्यसैले गोमांशका ब्यापारीहरुले नेपाल मार्फत निर्यात गर्ने टार्गेट राखेका पनि हुनसक्छन् । नेपाल मार्फत गोमांश निर्यात हुन थाल्यो भने आफ्नो व्यापारमा धक्का लाग्ने चिन्ता पनि भारतका ब्यापारीहरुमा होला ।

गाई–गोरुको मासु खाने र गाई–गोरु पुज्ने नेपालका दुबै पक्षलाई भारतीय ब्यापारीहरुले लविङ गरेका हुनसक्छन् । तर आङ्काजी समुहलाई लगानी गर्नेहरु र राजेन्द्र लिङ्गदेनलाई लगानी गर्ने एउटै समुह हु्न भन्ने ठान्नु महाभुल हो । नेपाल मार्फत गोमांश निर्यात हुन थाल्यो भने आफ्नो व्यापारमा धक्का लाग्ने ठम्याइमा पुगेकाहरुले राजेन्द्र लिङ्गदेन तथा पशुपतिशमशेर राणाको पार्टीलाई लगानी गरेका हुनसक्छन् । नेपाल मार्फत गोमांश निर्यात गर्ने टार्गेट राखेका ब्यापारीहरुले आङ्काजी तथा डाक्टर बाबुराम भट्टराईको पार्टीलाई लगानी गरेका हुनसक्छन् ।

नेपाली जनताको अहिलेको एजेण्डा भनेको गाई गोरु काट्ने की ? पुजा गर्ने ? भन्दा पनि भ्रष्टाचार नियन्त्रण हो । भ्रष्टाचारीहरुले जनताको ध्यान अन्यत्र मोड्न पनि गाई–गोरुको इस्यु सतहमा ल्याएका हुन सक्छन् । छट्टु स्यालले पिसाव फेरिदिएर कुकुरलाई झुक्याए जस्तै । जे होस् यो मामिलामा मज्जाले फँसेका भनेका राजावादीहरुनै हुन् , त्यसमा पनि पूर्व राजा शाह ।

त्यसो त डेड अर्ब जनसंख्या भएको भारत संसारका विचित्र देशहरु मध्ये धेरै कोणमा आफ्नो मोैलिक परिचय वनाएको देश हो । विश्वको सबै भन्दा ठूलो लोकतन्त्र समेत भनिने भारतका कैँयोैँ प्रान्तका ग्राम पंचायतमा निर्वाचन हुँदैन । भारत विश्वको अग्रणी गोमांश भक्षक देश पनि हो, जहाँ

संसारको ४ प्रतिशत भन्दा बढी गोमांश खपत हुन्छ । भारतमा केरलाका हिन्दुहरुमा गोमांश बर्जित छैन । भारत संसारमा धेरै मुस्लिम भएको दोश्रो ठूलो देश हो,यहाँका २० करोड मुस्लिम स्वाभाविक गोमांश खान्छन् । त्यहाँका अधिकांश आदीवासी÷दलित÷जनजाति÷ गोमांश खान्छन् । उल्लेख संख्यामा रहेका कृश्चियन र फारसी पनि गोमांश खान्छन् ।

तथ्यले के भन्छ भने परम्परागत रुपमा खाँदै आएका अधिकांश समुदायले गोमांश खान्छन र स्वयं भारत गोमांश निर्यात पनि गर्छ । त्यसको खराब वाछिटा नेपालमा नपरोस भन्ने चिन्ता हाम्रो हो । किनकी अधिक जनसंख्या भएको देशको छिमेकी भएकाले उसका राम्रा भन्दा खराब अभ्यास छिट्टै सल्कने खतरा हुन्छ ।

हाम्रोबाट बुडाखाडा गाई गोरु सिमापार हुने जुन चलन छ, उनीहरुको बधशालामा कार्यक्रम गरिन्छ भन्ने कुरामा थप अनुसन्धान गर्नु परोइन । विडम्वना त फेरि प्याकेटमा सोही चिज नेपालमा निर्यात गर्छ । त्यसो त नेपालमा यस्तो अबैध बजार छ त्यो हो गाई अथवा गोरूको मासु बजार । गाई गोरूको मासु काटेर खुलम खुल्ला बेच्न पाईदैन तर सुपरमार्केट हरू र तारे होटलमा दनादन खरिद बिक्री हुन्छ भै राखेको छ । त्यसरी सुपरमार्केट मार्फत आएको मासु उपभोग गर्ने क्षमता सबै उपभोक्ता सँग छैन । नेपाल

भित्रै बध भएको गाईको मासु न्यून मुल्यको छ । अझ भनौ मूल्य सारै सस्तो छ । मूल्य सस्तो भएपछि माग बढ्नु स्वभाविक हो ।

नेपालको मासु बजारको यथार्थ बिश्लेषण गर्ने हो भने गाई गोरूको सुकुटी उच्च माग भएको खानेकुरा बनेको छ । सुकुटी बनाउन गाई अथवा गोरूनै चाहिन्छ । नेपालको मासु बजारमा हाल गाईको मासु विभिन्न तबरबाट भित्रिएको छ र देशमै उत्पादन भएको मासु चाँही गैरकानुनी छ ।

आजकाल धेरैजसो गाईलाई कृतिम गर्भाधारण गराईन्छ । जसलाई हामी नश्ल सुधार भन्छौ । यदि नश्ल सुधार गर्दा बाच्छि जन्मे राम्रो सँग पालिन्छ र बाच्छो जन्मे कलिलैमा मारेर पुरिन्छ । कसरी मारिन्छ भन्दा भर्खर जन्मेको बाच्छालाई दुईतिन दिन केही खान दिईदैन र ३ दिन पछि पेटभरी खाएजति बिगौति दूध खुवान्छ बिचरा भर्खर जन्मेको बच्चा दूध पचाउन नसकेर ठहरै हुन्छ । बिशेष त यस्तो कार्य गाई फर्ममा र पेशागत रूपमा पाल्नेले बढी गर्छन यो जुन समुदायले पाले पनि गर्ने यसै हो । सबैले यसो नगर्न पनि सक्छन यहाँ अपवादका कुरा नगरौ । यसो गरेर बाँकि रहेका बाच्छा बाच्छी सडकमा आँउछन पछि कोरली हुँदै गाई, साँढी र बाच्छा,बहर हुँदै गोरु अनि साँढे बन्छन । र बजार सँग जोडिन्छन । कोहि गौशाला पुग्छन कोहि दुर्घटनामा पर्छन कोहि मोटा झरिला रातारात सहरका चोक बाट हराँऊछन र पछि सुकुटी बनेर फेरि सहर पस्छन ।

भ्रष्ट शासकहरुले सोझा जनता माथि लाद्ने मुख्य कडी भनेकै ‘डिभाईड एण्ड रुल’ हो । अहिले थपिएको छ –‘डाईभर्ट एण्ड रुल ।’ यो दुबै नेपालका लागि खतरनाक छ । हामीलाई अझै पछाडी पार्ने तानावाना हुन् यी । यी तानावानालाई चिर्नै पर्छ । हाम्रो मुख्य शत्रु तन्नम गरिबी, विभेद,भ्रष्टाचार, वेरोजगार र वेथितिनै हो ।

प्रतिक्रिया