रेशम एकल साँझ

काठमाडौं । गायक रेशमकुमार विश्वकर्माको एकल सांगीतिक कार्यक्रम ‘रेशम सांगीतिक रमझम’ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा एरेन्जर राजु खड्काको मुख्य संगीत संयोजनमा उनको एकल सांगीतिक कार्यक्रम भएको हो । संगीतकार राजु सिंह प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा चलचित्रकर्मी मिनसागर लामा, काठमाण्डु डिजिटलका सञ्चालक एवं साउण्ड इन्जिनियर डिका गुरुङ, संगीतकार तथा संगीत संयोजक पवन वाङ लामा, गायक प्रेम लोप्चन र नेपाली सांगीतिक क्षेत्रका अग्रजको उपस्थिति रहेको थियोे ।

सो अवसरमा चर्चित लोकगायक राजु परियार र अग्रज सहनाई बादक बलबहादुर.जैरुलाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । सो कार्यक्रममा ३० जनाभन्दा बढी अतिथि कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । साथै उनीहरुले रेशमकुमारको आगामी दिनमा सफलताको शुभकामना समेत दिएका थिए ।

धादिङको साविक मार्पाक गाविस ७ बोरङ गाउँ हालको नेत्रावती दाबजोङ १ मा २०४० सालमा जन्मिएका रेशमकुमार सानै उमेरदेखि गीत संगीतमा रुचि राख्दै आएका संघर्षशील कलाकार हुन् । उनका हालसम्म विभिन्न धारका ११ दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । आफ्नै मुख्य अभिनय र उत्पादनमा ‘मैनाराजा मैनारानी’ चलचित्र निर्माण गरिसकेका उनले चलचित्रको प्रिमियरको तयारी भइरहेको जानकारी दिए ।ं त्यस्तै, विगत साढे दुई दशकदेखि सांगीतिक क्षेत्रमा संगीत संयोजन गर्दै आएका राजु खड्का व्यस्त एरेन्जरका रुपमा परिचित छन् ।

प्रतिक्रिया