‘माया मेरी’ मा सुधिर र उषाको रोमान्स

काठमाडौं । गायिका निरु घिमिरेको स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गरिएको गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । मुनाल शिशिर कोइरालाको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् । गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रिएसनले निर्माण गरेका हो । उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा स्रोताको मन जित्ने विश्वास रहेको गायिका घिमिरेले बताइन् ।

प्रतिक्रिया