मायाको आशा राख्दै दियाली

काठमाडौं । गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीतको भिडियो नेपालमा सार्वजनिक गरिएको छ । उनको मायाप्रेमले भरिएको नयाँ गीत ‘आशा राखी’ शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । दियालीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । नेपालमा रेकर्ड गरिएको गीतमा गायिका बानिका प्रधानको आवाज रहेको छ ।

अमेरिकामा छायांकन गरिएको गीतको भिडियोमा एक प्रेमिल जोडीको प्रेमकथालाई उतारिएको छ । लक्ष्मण दियालीले निर्देशन गरेको भिडियोको छायांकन विनोद लाम्गदेको रहेको छ । भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारको अभिनय छ । दियालीले यो गीतले आप्mना अघिल्ला गीतले जस्तै दर्शक स्रोताको मन जित्ने अपेक्षा गरेका छन् ।

भुटानी मुलका नेपालीभाषी दियालीले दर्जनौं गीत रचना गरेका छन् भने दर्जनौं गीति भिडियोमा मोडलिङसमेत गर्दै आएका छन् । उनले छाप्रो नं. ५५ नामक उपन्यासबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनको यो कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले सर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गरेको हो । भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले धेरैको मन जितेको थियो ।

प्रतिक्रिया