साउण्ड रेकर्डिस्ट किशोर

काठमाडौं । नेपालमा साउण्ड रेकर्डिस्ट आफ्नो उत्कृष्ट कला पस्किरहेका छन् किशोर थापा । अहिलेसम्म आउँदा किशोरका थुप्रै क्रिएसनले स्रोता÷दर्शकको साथ पाइरहेका छन् । २०५५ सालदेखि गीत संगीतको मिक्सिङ तथा मास्टरिङको काम सुरु गरेका थापाले अहिलेसम्म आइपुग्दा सयौं गीतमा मिक्सिङ तथा मास्टरिङको गरिसकेका छन् । उनी साउण्ड इन्जिनियरको रुपमा आफू चिनाउन सफल भएका छन् । जसले गर्दा थापाले यो क्षेत्रमा रहेर थुप्रै पुरस्कार, सम्मान र अवार्ड समेत हात पार्न सफल भएका छन् । उनले गायक फत्तेमान राजभण्डारीदेखि पछिल्लो पुस्ताका गायक, गीतकार र संगीतकारसम्म काम गरेका छन् ।

सानैदेखि नै नेपाली कलाको प्रविधि क्षेत्रमा केही उल्लेखनीय कार्य गरौं भनेर निरन्तर काममा खट्दै आएको बताउने किशोर एउटा राम्रो गीतकारका रुपमा पनि आफूलाई चिनाएका छन् । उनले दुई दर्जनभन्दा बढी गीत लेखेको जनाउँदै सबैखालका गीत मनपरे पनि अलिक बढी आधुनिक गीत लेख्ने गरेको बताए । उनले भने, ‘आफूले देखेभोगेका कुराले हृदयमा जब छुन्छ । केही अनुभूति हुन्छ र लेखुँ लेखुँ लाग्छ अनि गीत लेख्ने गर्छु । भनेर लेख्दिन जब हृदयले लेख भन्छ अनि अलिकति मस्तिष्क मिसाएर गीत लेख्छु ।’

आफ्ना गीतले स्रोता दर्शकको राम्रै प्रतिक्रिया पाएको उनी बताउँछन् । ‘मेरो जति पनि गीत स्रोता÷दर्शकमाझ छन् त्यसको प्रतिकृया चाहिँ राम्रै आएको छ । धेरै स्रोताले रुचाइदिनुभएको छ । समग्रमा सबैले मनपराइदिनुभएको छ, खुसी लाग्छ’, उनी भन्छन् । आफ्ना कामसँगै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय उनी हामी जुन समाजमा छ त्यो समाजका लागि केही न केही योगदान पु¥याउनु सबैको दायित्व रहेको बताउँछन् । उनी भन्छन्, ‘मलाई के लाग्छ भने समाजमा रहेपछि समाजका केही दायित्वहरू निर्वाह गर्नुपर्ने हुन्छ । त्यो पूरा गर्ने कोशिस गरिरहेको हुन्छु ।’ यस्तै उनी गीत संगीतका विभिन्न संघ–संस्थामा रहेर पनि काम गरिरहेका छन् । रेकर्डिस्ट एसोसिएसनको महासचिव, गीतकार, संगीतकार संघको आजीवन सदस्य । यस्तै अन्य संघ संस्थामा पनि संलग्न रहेर उनले सुझाव, सल्लाहका साथै सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरेका छन् ।

‘म धेरै क्षेत्रमा रहे पनि मेरो मुख्य कर्म भनेको साउण्ड इन्जिनियर अर्थात् रेकडिस्ट नै हो’, उनी भन्छन् । इन्जिनियरङको एक पाटाका रुपमा साउण्ड रेकर्डिस्टलाई लिइन्छ । चलचित्र वा गीतको रेकर्डिङ, मिक्सिङ तथा रिप्रोडक्सनसँग जोडिएको विषय हो साउण्ड रेकर्डिस्ट । यो क्षेत्र अरु क्षेत्रभन्दा चुनौतीपूर्ण रुपमा रहेको हुन्छ । तर, धेरै राम्रो क्षेत्र पनि हो यो । स्पिच, म्युजिक र स्टुडियोको साउण्डलाई हाई क्वालिटी बनाउने खुवी राम्रो रेकर्डिस्टमा हुन्छ । यसका लागि चलचित्र, रेडियो र टेलिभिजनमा धेरै प्रकारका टेक्निकल इस्टुमेन्ट प्रयोग गर्ने गरिन्छ । साउण्ड रेकर्डिस्टले गायक गायिकाको स्वरलाई अझ राम्रो बनाउन बनाउन विशेष भूमिका निभाउने गर्दछन् ।

उनले साउण्ड रेकर्डिस्टका रुपमा अहिलेसम्म आउँदा प्रायः धेरै स्रष्टा सर्जकसँग काम गर्ने अवसर र अनुभव सँगालेका पुरानो पुस्तादेखि पछिल्लो पुस्ताका गायक तथा संगीतकारसम्म काम गरेका छन् । यो क्षेत्रमा रहेर उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई थुप्रै संघ संस्थाबाट सम्मान, पुरस्कार तथा अवार्ड प्रदान गरेका छन् । ‘म महँगो भन्दा क्वालिटी कसरी राम्रो बनाउने भन्ने ध्यानमा हुन्छु, अब सबैभन्दा पृथक र राम्रो बनाउँदा महँगो पनि पर्न जान्छ’, उनी भन्छन् । भाषाभाषी, संस्कृति, इतिहास र परम्परालाई जगेर्ना गर्दै आफ्ना क्रिएसन पस्कनुपर्ने किशोर बताउँछन् । ‘हाम्रो भोलिको पुस्तालाई हाम्रो भाषा, साहित्य, कला संस्कृतिको धरोहर हामीले सम्हाल्दै सम्पनु हामी सबैको कत्र्वय र दायित्व हो’, उनी भन्छन् । साउण्ड इन्जिनियर अर्थात रेकर्डिस्टको क्षेत्र व्यापक र विस्तृत भएको बताउने थापाले यो क्षेत्र सीमारहित रहेको सुनाए । उनी भन्छन्, ‘यसमा सधैँ सिकाई हुन्छ, अभ्यास हुन्छ तर पूर्णता हुँदैन । यो क्षेत्र अथाहा सागर हो । सागरबाट अलिकति पानी पिएर तिर्खा मेट्ने प्रयास गर्ने व्यक्ति मात्र हुँ म ।’

प्रतिक्रिया