निरौलाले ल्याए ‘अस्ताउँदो घाम’

काठमाडौं । कवि उदय निरौलाद्वारा लिखित ‘अस्ताउँदो घाम’ कविता संग्रह सार्वजनिक भएको छ । उक्त कृतिको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एक समारोहका बीच थापागाउँस्थित लेखनकुञ्जमा विमोचन गरे । विमोचन समारोहमा उनले कवि निरौलाको व्यक्तित्व र सिर्जनाबारे आफ्नो धारणा राख्दै लेखनको प्रशंसासमेत गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, कथाकार एवं पत्रकार विजय चालिसे, कवि समालोचक ललिजन रावल, सर्जक उदय निरौला, समाजसेवी विश्वराज रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

उनका पाँचवटा पुस्तक प्रकाशित भइसकेको छ । पत्रकार चन्द्र बानियाँले सञ्चालन गरेको कार्यक्रममा कवि रमेश पौडेलले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए । कार्यक्रममा पुष्कर लोहनी, प्राज्ञ मातृका पोख्रेल, पत्रकार तेजप्रकाश पण्डित, सखी प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार मञ्जिला अनिल, साहित्यकार विमल भौकाजी, रत्नमणि नेपाल, डम्बर पहाडी, दिब्य गिरी, डेनी निरौला, प्राज्ञ नन्दु उप्रेती, रुपा पौडेल, एल्सा शर्मा, रवि प्राञ्जल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया