मनसरालाई ६९ सो

काठमाडौं । ‘मनसरा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । फिल्मलाई क्युएफएक्सले देशभर ६९ सो दिएको छ । जसमा काठमाडौंमा २८ र मोफसलमा ४१ सो उपलब्ध गराएको हो । त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ सो उपलब्ध गराएको छ । देशकै दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआई लगायतका हलमा भने बुकिङ खुल्ला भएको छैन । बुधबार साँझसम्म टिकट बुकिङ खुल्ला हुने अनुमान गरिएको छ ।

सिंगल थियटरले फिल्मलाई राम्रो सो दिने अनुमान निर्माण युनिटको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले व्यवसाय राम्रो गर्ने अपेक्षा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनाको अलावा प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ ।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गरेको हो भने क्युएफएक्स थिएटर पार्टनर रहेको छ । फिल्मको डिजिटल पार्टनर जी टु वान हो ।

प्रतिक्रिया