सन नेपाल लाइफको शेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ । १ः० दशमलव २७ को अनुपातमा जारी गर्न लागेको सन नेपाल लाइफले साविकका शेयरधनीलाई प्रति शेयर रु. एक सय दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री गर्न लागेको हो । 

एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

प्रतिक्रिया