पर्सा कांग्रेसको कार्य समिति बिस्तार

वीरगन्ज । नेपाली कांग्रेस पर्साले जिल्ला कार्य समिति बिस्तार गरेको छ । कांग्रेसको विधान २०१७ (संसोधन सहित) र नियमावली २०७६ को अनुसार नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तीमा जिल्ला कार्य समिति बिस्तार गरिएको जनाएको छ ।

जिल्ला कार्य समिति बिस्तारमा मनोनयन भएकामा सदस्यमा दिना गुप्ता, रामनिवास यादव, हरिन्द्र यादव, शम्भु मिश्र, एकबाल हुसेन ठकुराई, चुमन चौधरी, दीपेन्द्रकुमार कुर्मी मनोनयन छन् ।
मनोनयन गरिएको सदस्यलाई सभापति जनार्दन सिंह क्षेत्री र उपसभापति रामनारायण कुर्मीले बिहीबार पत्र हस्तान्तरण गरेका थिए । पत्र हस्तान्तरण गर्दै उपसभापति रामनारायण कुर्मीले मनोनयन भएका सदस्यहरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै पार्टी प्रति इमानदारीपूर्पक कार्य गर्दै पार्टीलाई अझै आगाडि बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया