झरनालाई एक लाखको पुरस्कार

मकवानपुर । नेपाली वाङ्मयको विकासमा योगदान दिएको भन्दै झरना साहित्यिक परिवारलाई पुरस्कृत गरिएको छ । परिवारलाई एक लाख राशिको पुरस्कार हेटौँडामा मंगलबार आयोजित एक समारोहका बीच प्रदान गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई एक लाखको पुरस्कार हेटौँडामै आएर एक कार्यक्रमबीच दिएको हो । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दीपक गौतम लगायतलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले साहित्यप्रति आफ्नो अत्यन्तै रुचि रहेको जिकिर गरे । उनले साहित्यिक कार्यक्रममा बोल्नभन्दा पनि सुन्नका लागि महत्वपूर्ण हुने बताए । सम्मानित हुने संस्थालाई बधाई दिँदै उनले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडि बढाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे । हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिदेवी कोइराला, अग्रज साहित्यकार लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया