ओझेलमा नेता गणेशमान सिंह

न्हुंछेनारायण श्रेष्ठ

‘खोलो तर्यो लौरो बिस्र्यो’ भन्ने उखान झैं हामीले हाम्रा गहनाहरूलाई भुल्ने दुष्साहस गर्नु मूर्खता सिवाय अरू केही हुन सक्दैन । राष्ट्रकै गहनाका रूपमा रहेका युग परिवर्तनकारी नेताहरू सबैको हामीले समयमै सम्मान गर्न जानेनौँ भने इतिहासले हामीलाई श्राप नदेला भन्न सकिँदैन । राजनीतिक दलहरूको कार्यालयहरू र उनीहरूले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यक्रममा माल्र्यापणमा मात्रै ती नेताहरूलाई कैद गरेर राख्नु उहाँहरूप्रतिको अपमान नै हो ।

नेपालको इतिहासमा लौहपुरुष गणेशमान सिंहको योगदान महत्वपूर्ण रूपमा रहेको छ । उनकै नेतृत्वमा देशको मुहार फेरिएको कुरा इतिहासमा छर्लंगै छ । उनी आफ्नो व्याक्तिगत स्वार्थभन्दा माथि उठे । आपूmले जन्माएर हुर्काएको पार्टी नेपाली कांग्रेसभन्दा माथि उठे । सादा जीवन उच्च विचारलाई प्राथमिकता दिने व्यक्तित्वको रूपमा रहेका गणेशमानको त्याग र बलिदानको अहिलेका राजनितिज्ञहरूले पाठ सिक्नुपर्ने देखिन्छ । देश गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि राजनीतिक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चौतर्फी शंका, उपशंकाहरू बढिरहेका छन् ।

नेपाली कांग्रेसको आउँदो महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने अडान तथा गुटबन्दीका कारण महाधिवेशन पर धकेल्ने प्रपञ्चहरू भइरहेको देखिन्छ भने प्रमुख प्रतिपक्षिको भूमिका समेत राम्ररी निर्वाह गर्न सकिरहेको देखिँदैन । मुलुक कोरोना भाइरसले गर्दा थला परिसकेको परिप्रेक्ष्यमा सरकारलाई खबरदारी गर्नसमेत नसक्नु प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले किन सकिरहेको छैन ? आफ्नै पार्टी भित्रको झगडालाई साम्य पार्न किन सक्दैन ? युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न किन चाहँदैन ? नेपाली कांग्रेस । यी र यस्तै परिवेशमा नेपाली कांग्रेसका अग्रज लौहपुरुष गणेशमान सिंहको १०६आँै जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले एउटा औपचारिक कार्यक्रमसमेत नराख्नु दुःखदायी मान्नु पर्दछ । उनको जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रकाशमान सिंहले पार्टीभित्र देखापरेको अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा जोड दिनुका साथै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट चलेको बताए । यस्ता गतिविधि नियन्त्रणका लागि गणेशमान सिंह जस्तो नेताको आवश्यकता रहेको जनाए । नेपाली कांग्रेसले भर्चुअल संवाद गरी गणेशमानलाई सम्झने कार्यक्रमबाहेक अन्य कुनै औपचारिक कार्यक्रम नराख्नु सकारात्मक मान्न सकिँदैन ।

वीर गणेशमान सिंहको नेतृत्वमा बसेको बैठक ०४६ माघ ५ को दिनलाई अर्थपूर्ण र महत्वका साथ ऐतिहासिक रूपमा लिने गरिएको छ । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना भएको दिनको सम्झना र ऐतिहासिक जनआन्दोलन २ को सूत्रपात भएको शुभदिनको रूपमा माघ ५ लाई लिइने गरिन्छ । आमनागरिकले स्वतन्त्रता प्राप्त गरेको र निरंकुश पञ्चायती व्यवस्था अन्त्य भएको दिनलाई बर्सेनि जनआन्दोलन दिवसको रूपमा मनाइँदै आइरहेको छ । ०१७ साल पुस १ मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई अपदस्त गरी पञ्चायती व्यवस्थाको सुरुआत गरेका थिए । नेपालमा १ सय ४ वर्षे राणाशासन अन्त्य गरी स्थापना भएको प्रजातन्त्रलाई समेत राजा महेन्द्रले अन्त्य गर्दै निरंकुश पञ्चायती व्यवस्था ल्याएका थिए ।

तर, त्यो व्यवस्था पनि नेपालमा धेरै वर्षसम्म टिक्न सकेन र ०४६ चैतपछि समाप्त नै भयो । त्यस्तैगरी ०४५ सालमा सन् १९५० को व्यापार तथा पारवहन सन्धि नवीकरण नभएको विषयमा नेपालको दुई वटाबाहेक अन्यत्रका सबै नाका बन्द गरिदिएका कारण मुलुकमा खाद्यान्न, पेट्रोलियम पदार्थको अभाव भयो । नेपाली कांगे्रस र संयुक्त बाममोर्चाले सो विषयकोे खुलेरै विरोध गरे । नेपाली कांग्रेसले ०४६ माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीमा गणेशमान सिंहको घरमा नेपाली कांगे्रसको सम्मेलनमार्फत जनआन्दोलनको घोषणा ग¥यो ।

०४६ फागुन ७ मा प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्वको जिम्मा सर्वोच्च कमान्डरको रूपमा गणेशमान सिंहलाई नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको तर्फबाट साथ दिएको थियो । भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर तथा मुलुककै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूको उपस्थितिमा नेपाली कांगे्रसको सम्मेलन गणेशमान सिंहकै घरमा सम्पन्न ग¥यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको तर्फबाट नैतिक समर्थन प्राप्त भयो । विस्तारै विस्तारै आन्दोलनले बुलन्द रूप लिँदै गयो । आन्दोलनकै क्रममा गणेशमान सिंहलाई घरमै नजरबन्द गरियो भने बाममोर्चाका नेताहरूलाई समेत धरपकडको कार्य सरकारले ग¥यो । ०४६ फागुन ७ देखि शान्तिपूर्ण जनआन्दोलन सुरु गरियो र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा संयुक्त बाममोर्चा र नेपाली कांग्रेसले संयुक्त रूपमा पञ्चायती व्यवस्थाको विरोध गर्दै आन्दोलनको सुरुआत गरेको थियो । आन्दोलनले बिस्तारै बिस्तारै देशैभर सफलता प्राप्त गर्दै गएका कारण तत्कालीन सरकारले नेपाली कांगे्रस र बाममोर्चाका नेता कार्यकर्ताहरूमाथी धरपकड, दमन गर्न थाल्यो र कर्फ्युको समेत घोषणा गरियो तर जनताहरू सरकारको धरपकड, कफर््युको कुनै मतलब नराखी स्वःस्फूर्त रूपमा सडकमा ओर्लिएका थिए ।

०४६ चैत २४ गते मरिचमान सिंहको मन्त्रिमण्डल विघटन गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए तर पनि जनतामा कुनै उत्साह देखिएन, आन्दोलनले झन्झन् उग्र रूप लिँदै गयो अन्त्यमा राजाको पछिल्लो कदमले पनि काम नगरेपछि चैत २६ गते राती राजा वीरेन्द्र शाहले संविधानबाट निर्दलीय शब्द हटाएर जनतालाई शान्त रहन आग्रह सार्वजनिक सञ्चार माध्यमबाट सम्बोधन गरे र भोलिपल्ट आन्दोलनकारीका तर्फबाट चार जना प्रतिनिधिलाई भेटेर संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक हकाधिकारको प्रत्याभूतिमा सहमति जनाउँदै आन्दोलन स्थगित गरियो । जनआन्दोलनले सफलता पाएको दिन देशैभरी विजयोत्सव निकालियो र एकआपसमा खुसीयाली साटासाट गरियो । जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारको प्रधानमन्त्री पदमा गणेशमान सिंहलाई प्रस्ताव गरिएता पनि उनले त्यो पद लिन मानेनन् । चैत २७ गते टुँडिखेलमा भएको विशाल आमसभामा नेपाली कांग्रेसका गणेशमान सिंह, वाममोर्चाका मनमोहन अधिकारी लगायतका नेताहरूले ऐतिहासिक सम्बोधन गरेका थिए । सोही समारोहमा गणेशमान सिंहलाई फादर अफ डेमोक्रेसीको रूपमा सम्मान गरिएको थियो । ०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्यका लागि नेपाली कांग्रेस र वाममोर्चाको अतुलनीय भूमिका निर्वाह गरेको कुरा इतिहासमा साक्षी रहेको छ ।

जनआन्दोलनकै प्रतिफलस्वरुप हामी स्वतन्त्र देश नेपालको सार्वभौम नागरिक हुन पाएका छौँ । ‘खोलो त¥यो लौरो बिस्र्यो’ भन्ने उखान झँै हामीले हाम्रा गहनाहरूलाई भुल्ने दुष्साहस गर्नु मूर्खता सिवाय अरू केही हुन सक्दैन । राष्ट्रकै गहनाका रूपमा रहेका युग परिवर्तनकारी नेताहरू सबैको हामीले समयमै सम्मान गर्न जानेनौँ भने इतिहासले हामीलाई श्राप नदेला भन्न सकिँदैन । राजनीतिक दलहरूको कार्यालयहरू र उनीहरूले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यक्रममा माल्र्यापणमा मात्रै ती नेताहरूलाई कैद गरेर राख्नु उहाँहरू प्रतिको अपमान नै हो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट जनआन्दोलनका सर्वोच्च कमान्डर, लौहपुरुष, वरिष्ठ प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई नेपाल तथा विश्वमै मानवअधिकार र शान्ति स्थापनाका निम्ति महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेवापत अमेरिकाबाट पिसरन पुरस्कार, मानवअधिकार पुरस्कार १९९३ र ऊ थान्त शान्ति पुरस्कारबाटसमेत सम्मानित गरिएको थियो । १९७२ सालमा काठमाडौंमा जन्मिएका वरिष्ठ राजनीतिज्ञ, जनआन्दोलन २०४६ का कमान्डर गणेशमान सिंह प्रजापरिषदको सदस्य भई राणाशासन अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले जेल, नेलसमेत भोगेका थिए । २००३ सालमा स्थापना भएको नेपाली कांगे्रसका होनाहार नेता प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि लडाइँ लडेका सिंहको नेतृत्वमा भएको जनआन्दोलन ०४६ ले सफलता प्राप्त पश्चात नेपाली कांग्रेसलाई शिखरको चुचुरोमा पु¥याउन सफल भएता पनि आफ्नै पार्टीप्रति असन्तुष्टि जनाउँदै संसारबाट सदाका लागि ०५४ असोज २ मा बिदा भएका थिए । सन् १९९७ सालदेखि अनवरत रूपमा राजनीतिमा सक्रिय रूपमा लागेका नेता सिंहको कडा स्वभाव र जुझारु व्यक्तित्वका कारण नेवार भएता पनि दृढ, कठोर र भनेको कुरा पु¥याएरै छाड्ने भएकै कारण उनलाई सर्वमान्य नेताको रूपमा ०४६ सालमा मोर्चाको जिम्मेवारी दिइएको थियो ।

देशकै लागि जीवन बिताउने नेताहरूलाई हामीले सधैँ सम्झनुपर्दछ । जनआन्दोलनका कमान्डर गणेशमान सिंह लगायतका नेताहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउँदै भावी पुस्तासम्म जीवन्त राख्नु हामी सबैको साझा कर्तव्य पनि हो । चाहे जुनसुकै राजनीतिक दलका नेता किन नहुन् राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि लड्नु हुने वीर सिपाहीलाई हामी सबैले सम्मान गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । विद्यमान अवस्थामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता राजनीतिक दलहरूले गर्नुपर्दछ । राजनीतिक दलहरू आफँै रोगी बन्ने परम्परा र तेरो र मेरो भन्ने भावना हटाउन सक्नुपर्दछ । राजनीतिक दलहरू विशेषतः नेपाली कांग्रेस र नेकपाले युवा पुस्तालाई आगामी महाधिवेशनमा अवसर र नेतृत्व सुम्पन सक्नुपर्दछ ।

प्रतिक्रिया