न्युजिल्याण्डमा ‘अवतार’ को सिक्वेल सुटिङ

न्युयोर्क । कोरोना भाइरसको महामारीका बीच चर्चित हलिउड चलचित्र ‘अवतार’ को सिक्वेलको सुटिङ न्युजिल्याण्डमा हुने भएको छ । यसका लागि निर्माता जोन लोदौ र निर्देशक जेम्स क्यामरुन न्युजिल्याण्डको वेलिंग्टन पुगेका छन् ।

उक्त टोलीमा ५० जनाको रहेको निर्माण पक्षले जनाएको छ । निर्माता लोदौले इन्स्ट्रग्राममा अवतारको टिम न्युजिल्याण्ड पुगेको र सरकारको निर्देशन अनुसार नै काम गर्ने जनाएका छन् ।

उनीहरु ५४ यात्रीसहित चार्टर्ड विमानबाट त्यहाँ पुगेका हुन् । कोरोना भाइरसको महामारीका कारण न्युजिल्याण्ड सरकारले मार्चको मध्यसम्म सुटिङको काम बन्द गर्न आग्रह गरेपछि उनीहरुले बीचमै सुटिङ छाडेर फर्किएका थिए ।

प्रतिक्रिया