सदस्य–सचिव सिलवाल चीन प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलबार चीन प्रस्थान गरेका छन् । सो अवसरमा सदस्य–सचिव सिलवालले भने–१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन तथा समापनको रूपमा रहेको दशरथ रंगशालाको भिआइपी प्याराफिटको छाना निर्माणका लागि अवाश्यक पर्ने सामान बोलपत्रमार्फत जिम्मेवारी लिएका सम्बन्धित कम्पनीले कस्तो अवस्थामा कार्य गदैछन्, सामानको गुणस्तरमापन र ढुवानी मितिको निश्चिताका लागि चीन जान लागेको बताए ।

उनले भिआइपी प्यारापीटमा जडान गरिने सिटको निश्चित गर्ने र उद्घाटन समारोहलाई भव्य र सव्य बताउन कुन खालको प्रविधि अपनाउन सकिन्छ, त्यसको जानकारी लिने पनि भ्रमणको उद्देश्य रहेको बताएका छन् ।

सदस्यसचिव सिलवालको भ्रमणका अवसरमा नेपाली खेलकुदको विकास र विस्तारमा चीनीया खेलकुदका उच्च पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ । सदस्य–सचिव सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को विभागीय प्रमुख कुलबहादुर थापा, प्रचार प्रसार शाखा प्रमुख दुर्गाप्रसाद दुलाललगायतले अन्तर्राष्ट्रिय एयरपार्टमा बिदाइ गरेका थिए ।

प्रतिक्रिया