मदन भण्डारीको सम्झना

हुन त नढाँटी भन्नु पर्दा म त्यो बेला कुनै एक निजामती कर्मचारीको घरमा काम गर्दै पढ्ने भनी काठमाण्डौ आएका थिएँ । तर, त्यो बेलासम्म (अहिले पनि) धेरै आदिवासी जनजाति मूलका मान्छेका बच्चोहरुले मात्रै पढ्थे-पढ्छन् । हुन त यो विषय मैले अनुसन्धान नै गरेर लेखेको होइन है कमरेडहरु ! त्यसमा पनि किरातीहरु त नेपालमा देउताको पालाभन्दा अघिदेखिको वासिन्दा ! यो कुरो महाभारत लगायत विभिन्न हिन्दु धर्म ग्रन्थहरुमा समेत उल्लेख भएको कुरो हो, मैले बिना आधार र हचुवाको भरमा भनेको-लेखेको होइन है कमरेडहरु !

अब त्यस्तो पूरानो र ऐतिहासिक कालदेखि रजगज गर्दै आएको किरातीको बच्चोलाई किन पढ्न परो ? फेरि मान्छेहरु के भन्छन् भने, ‘हात्ती पढेर ठूलो भएको होइन, कमिला नपढेर सानो भएको होइन !’ भन्ने नै हो भने, यो निनाम कुलुङ ‘मंगले’ भन्ने त्यो बेलादेखिहलसम्म प्रकाश पूअर, तेह्रथुमे जेठा, एमके राई सुब्बा, दीनदःुखी राई, प्रकाश राई ‘दीनदुःखी’ प्रकाश कुलुङ ‘दीनदुःखी’ निनामहाङ कुलुङ ‘किरात’ निनाम लोवात्ती कुलुङ, निनाम कुलुङ ‘मंगले’को नामले लेखदैछु । आपैmलाई थाहा छैन, अबको मेरो नयाँ नामको न्वारान कुन नामले हुने हो ? जे होस्, यो ताइँ न तुईँको गन्थनमन्थन यहाँ छाडौं ।

त्यसरी हेर्दा मेरा पूर्खाहरु (किरातीहरु) ले इतिहासको कुनै कालखण्डमा कम्तिमा २७-२९-३१-३३३… पुस्तासम्म राजा भएर शासनसत्ता चलाएका थिए भनी विभिन्न देशी तथा विदेशी इतिासकार र विद्धानहरुले लेखेकै छन् । अतः मैले अहिले आएर किन पढ्नु पर्यो, लेख्नु पर्यो ? त्यसैले जुन नेवार सरले मलाई पढ्दै घरधन्दा पनि गर्ने भनी काठमाण्डौ ल्याएका थिए, अन्ततः मैले उनको घर छाडेर (खासमा भागेर) सामान्य होटेलतिर भाँडा माझ्न थालेँ ।

यस्तैमा २०५० वैसाख ४ गते बिहानै कान्तिपुर दैनिकमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगा भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेर दूर्घटनामा परेको÷वेपत्ता भएको समाचार पढ्ने बित्तिकै म रोएको थिएँ । हुन त नढाँकीकन भन्ने हो भने, त्यो बेला म राजनैतिक रुपमा परिपक्क थिइन । तापनि म लगाम लगाएको घोडासरह एकोहोरो नेकपा एमाले बाहेक दाँया–बाँया केही देख्दिन थिएँ ! अझ म धेरैपछिसम्म पनि एमालेको संगठीत सदस्य त के साधारण सदस्यसमेत थिइन । तापनि म स्वतः स्पूmर्तरुपमा एमालेको कट्टर समर्थक थिएँ ! त्यसैले त त्यो बेला एमालेनिकट साप्ताहिक पत्रपत्रिकाहरु खासगरी दृष्टि शाप्ताहिक, छलफल शाप्ताहिक, प्रकाश शाप्ताहिक, जनधारणा शाप्ताहिक आदि भेटेसम्म नछुटाई पढ्थेँ ।

एक किसिमले भन्ने हो भने, मलाई त्यो बेला कसैले नेकपा एमाले र तिनका कुनै नेताको आलोचना वा विरोध गरेको सुनेमा पनि तिनीहरुलाई कुटौं झैं लाग्थ्यो ! अहिले आपैmलाई हाँसो लाग्छ, मेरो त्यो चेतनाको स्तर सम्झेर । अहिले पनि एउटा रोचक प्रसंगको याद आउँछ । माथि नै उल्लेख गरियो कि, म लगाम लगाएको घोडासरह एमालेबाहेक केही देख्दिन थिएँ । त्यसपछि त ललितपुर उपमहानगर पालिका (हाल महानगरपलिका) को १४ नम्बर वडामा संगठित भएरै एमालेमा लागियो ।

यस्तैमा २०५४ को स्थानीय निर्वाचनमा देवराज राईलाई एमालेको तर्फबाट १४ नम्बर वटाबाट जिताउन महत्वपूर्ण भूमिका मैले नै खेँले भन्नुपर्यो ! कसरी भन्दा, नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारभन्दा विद्रोही उम्मेदवार जो केसी थरका थिए, उनी अरु उम्मेदवारभन्दा धेरै तगडा थिए । किनभने, २०४९ को निर्वाचनमा पनि वडाध्यक्ष उनैले जितेका थिए । त्यसैले विद्रोही उम्मेदवार भएर उठेका भए तापनि फेरि पनि उनैले जित्ने पक्का जस्तै थियो ।

हुन त म लाटो मान्छे न परेँ । त्यसैले त्यो बेला केन्द्रबाट एमालेले किन लोकेन्द्रबहादुर चन्द (लोचन) को नेतृत्वमा संयुक्त सरकारमा जाने ? त्यसरी जाँदा केके फाइदा हुन्छ ? भन्नेबारे कार्यकर्तालाई बुझाउन र प्रशिक्षण दिन आएका केन्दीय प्रतिनिधि सुरेन्द्र पाण्डेलाई ‘होइन, दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरुलाई प्रधानमन्त्री दिएर कसरी सरकारमा जाने ?’ प्रश्न गरेको थियो । त्यसरी गर्दा ‘पञ्चहरुमा पनि उदारवादी र अनुदारवादी छन् । बामदेव कमरेडले गृहमन्त्री पाउँछन् । गृहमन्त्री आफ्नो पार्टीको भएपछि स्थानीय चुनावमा ६० प्रतिशतभन्दा बढी सिट जित्न सकिन्छ । त्यो बेला स्थानीय सत्ता कब्जा गर्नका लागि पनि लोचनलाई प्रधानमन्त्री बनाउनै पर्ने भनी तर्क÷व्याख्या गरेका थिए’ नभन्दै त्यस्तै भयो ।

सायद मदन कमरेड जीवित रहनु भएको भए तत्कालीन नेकपा (एमाले) का नेताहरुमा जागेको त्यो हदको सत्ताको भोकलाई कम गराउन सक्नु हुन्थ्यो कि ?, आफ्नाे पार्टीलाई कम्युनिस्ट पार्टीको मार्गदर्शन र सिद्यान्तको सही लिकमा हिँडाउन सक्नु हुन्थ्यो कि ? भन्ने यो ‘केही नजान्ने कुलुङे’को अनुमान हो ।

जे होस्, तत्कालीन नेकपा एमालेका महासचिव र उहाँसँगै असामायिक ढंगले दूर्घटनामा परेर दिवंगत हुनु भएका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित कमरेडद्धयको २६ औं स्मृति दिवसमा हार्दिक श्रद्घा–सुमन !

प्रतिक्रिया