गतसाता प्रधानमन्त्री पुष्पकमल दाहाल सुर्खेतमा एउटा कार्यक्रममा जा“दा स्वागतका लागि दिनभर उभ्याइएकी बालिका समीक्षा आचार्य उभिएकै ठाउ“मा बेहोस भएर ढलिन् । सुर्खेतमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज लगियो । तर, अस्पतालमा पुग्नेबित्तिकै मृत घोषित गरियो । उनको मृत्यु कानुनीरूपमा भवितव्य मानिएला तर नैतिक दृष्टिमा त हत्या नै हो । प्रधानमन्त्री दाहाल ती बालिकाको विद्यालयमा गएका थिएनन् । यसैले ती बालिका र उनका साथीहरूलाई स्वागतका लागि पठाउने विद्यालयका शिक्षक र सञ्चालक यस हत्याका लागि जिम्मेवार छन् ।
बालबालिकालाई त स्वागतका लागि सजाइएका तोरण वा स्वागत द्वारजस्तै निर्जीव वस्तु ठान्ने गरिन्छ । मसानघाटमा पनि मालाको भारी र ताली बजाइदिनेको भिड खोज्ने नेपालका राजनीतिक नेता र तिनलाई रिझाउन जे पनि गर्न तम्सने सत्ताका दलाल कार्यकर्ता, कर्मचारी, विद्यार्थीलाई सास्ती दिने शिक्षक र समीक्षाको मृत्युका सन्दर्भमा मेलाका आयोजक पनि यस हत्या प्रकरणमा उत्तिकै दोषी हुन् । अनावश्यक र बालअधिकार हनन हुने अनुचित अभ्यासमा प्रयोग गरेर बालिकाको ज्यानै लि“दा पनि मौन रहने संयुक्त राष्ट्र बाल कोषलगायत बालअधिकार संरक्षणका नाममा क्रियाशील अन्तर्राष्ट्रिय संघसंस्था, केन्द्रीय बाल कल्याण समिति र बालअधिकारवादी सामाजिक संघसंस्थाका कार्यकर्ता पनि समीक्षाको हत्याको अबगालबाट मुक्त हुन सक्तैनन् । यी दोषी कसैमाथि पनि समीक्षाको हत्याको अपराधमा मुद्दा त नचल्ला । राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयले सराहनीय अग्रसरता देखाएको रहेछ । यस्तो परिवेशमा बालबालिका शान्ति क्षेत्र हुन् वा राजनीतिक प्रयोजनमा बालबालिकालाई प्रयोग नगर्नेजस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता स्मरण गराउनु पाखण्ड सिवाय अरू केही हुने छैन ।
ती बालिकाको मृत्यु प्रधानमन्त्री दाहालको स्वागतमा जा“दा भएको हो । हृदयहीन नभए त दाहालकै पनि मनमा समीक्षाको मृत्यु चसक्क बिभ्mनु पर्दथ्यो । हुनत, माओवादी हिंसामा हजारौ“ निर्दोषको हत्या हु“दा नदुखेको दाहालको मन बिचरी कल्पनाको मृत्युमा के दुख्थ्यो होला र ? तैपनि, समीक्षाको मृत्युमा दाहालले सार्वजनिकरूपमा दुःख व्यक्त गरेर यस्तो प्रथा अन्त्य गर्ने वचन दिएको भए उनले पश्चात्ताप गरेको मान्न सकिन्थ्यो । युनिसेफ, केन्द्रीय बाल कल्याण समितिजस्ता संस्थाले पनि समीक्षाको मृत्युमा चिन्ता र चासो राखेको देखिएन । यो क्षोभ, ग्लानी र खेदको विषय हो । समीक्षाका हत्याराहरूलाई कारबाही गर्न नसके पनि यो सामन्ती अवशेषको झल्को दिने क्रुर प्रथा सधै“का लागि बन्द गर्नसके उनको मृत्यु खेर जाने थिएन । बालअधिकारवादी संघसंस्थाले समीक्षाको मृत्युबाट सिकेर पनि स्वागत, राजनीतिक प्रयोजन र कुनै पनि जोखिमपूर्ण काममा बालबालिकाको प्रयोग दण्डनीय हुने अभ्यास सुरु गर्नु आवश्यक र उचित हुनेछ । तर, समीक्षालाई कार्यक्रममा लैजाने मेला आयोजक र पठाउने शिक्षकलाई भने कारबाही गर्न कानुनले पनि छेक्तैन । मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयबाट थालिएको कारबाही बीचैमा अलमल्याउने काम नहोस् ।
प्रतिक्रिया