एउटा लोकोक्ति छ– ‘उत्तम खेती, मध्यम बेपार, तुच्छ नोकरी ।’ तर व्यवहार ठीक उल्टो छ अर्थात् पूर्खाले तुच्छ भनेको नोकरी यतिखेर उत्तम छ । व्यापार मध्यम नै छ तर खेती भने तुच्छ अवस्थामा पुगेको छ । पुर्खाहरूले त्यसै भनेका होइनन्, उत्तम खेती । किन भने त्यस्को विकल्प अहिलेसम्म विज्ञानले दिन सकेको छैन । वैज्ञानिकले अहिलेसम्म किसानले उत्पादन गरेको अन्न, माछा, मासु, फलपूmल, दूध, दही र सागपातको सट्टा प्रयोग हुने कुनै वस्तु नै उत्पादन गरेका छन् । यसरी भनौ“, वैज्ञानिक पनि निमुखा किसानले नंग्रा खियाएर उत्पादन गरेका खाद्यान्नमै निर्भर छन् । खानेकुरा निर्विकल्प भएर पनि खाद्यान्न उत्पादन गर्ने कृषिकर्मले किन यति हेला व्यहोरिरहेको छ ? किन यो यति तुच्छ पेसाको रूपमा हेरिन्छ कृषिलाई ? किन निमुखाको पेसा हुन पुगेको भएका होला ? हुन त खेतीपातीबाट उत्साहित हुने मानिस पनि छन् तर तिनको संख्या क्रमश घट्दो छ । किन नगन्य मानिस मात्र कृषि पेसाबाट गौरवान्वित भएका छन् । अधिकांश मानिस कृषि पेसा छोडकोमा प्रफूल्ल हुने गर्छन् ? कृषि कर्म छाड्न पाउनेबित्तिकै आममानिस किन आफूलाई विजयी ठान्छन् ? र, अहिले खेतीपातीमा नगन्य युवा र पुरानो पुस्तामात्र लागिरहेको देखिन्छ ? किन बलिया पाखुरा र दह्रा तिघ्रा भएको नया“ पुस्ता कृषिकर्मबाट टाढिइरहेको होला ?
त्यसो त यस्तो प्रतिकूल अवस्थामा पनि केही युवा खाद्यान्न उत्पादनमा लागिरहेका छन् । विदेशमा चौध ठक्कर, अठार घुस्सा खाएर देश फर्केपछि कृषि कर्ममा लागेका र विदेश नगएर पनि जोताहा जसरी देशमै लागेका कर्मशील युवाको कथा सा“च्चिकै अनुकरणीय पनि छन् । विदेशको रुखो जमिन र मरुभूमिमा गएर ‘कुम्भिपाक नरक’मा वर्णन गरेजस्तो रगत पसिना बगाएर काम गर्न हुने तर आफ्नै देशको वातावरणमा परिवारस“ग बसेर किन उन्नत र व्यावसायिक खेती नगर्ने भन्दै विदेशबाट कमाएर ल्याएको सबै धन लगाएर आधुनिक खेतीपातीमा होमिएका युवाको संख्या पनि दिनदिनै बढ्दै गएको छ । उनीहरूको देखासिकी र प्रेरणाले विदेश नगइकन स्वदेशमै खेतीपाती गर्न लागेका युवा पनि पाइए । तिनले खेतीमा प्रयोग गरेका विज्ञान, प्रविधि र अनुभवकोे कथा, व्यथा र सपनालाई यस अंकमा पस्किने प्रयत्न गरेका छौ“ । यस्तो प्रतिकूल अवस्थामा पनि कृषिका सम्भावनाबारे बताउनेमात्र होइन, देशमा गरेर देखाउने कर्मवीरको कमी छैन । मात्र तिनका अनुभव र तिनले पाएको सफलताका कथालाई विस्तार गर्ने दृढताको खा“चो छ । युवा कृषिमा आउन थाल्नु भनेको कृषिको भविष्य नेपालमा उज्ज्वल छ भन्ने उदाहरण हो । उनीहरूको प्रवेशले छोटो समयमै कृषिलाई आकर्षक क्षेत्रको रूपमा पहिचान दिनेछ र उत्तम पेसा अरू पनि होलान् तर कृषि अतिउत्तम पेसा हो भन्ने स्थापित गर्न सघाउनेछ । किनभने पुरानो पुस्ताको तुलनामा नया“ पुस्ताले आफूलाई समयानुकूल परिवर्तन गराउन सक्छ । कृषि क्षेत्रमा उनीहरूको प्रवेशले श्रम गरेपछि सानो होइन्छ भन्ने मान्यतालाई बदल्दैछ । श्रमवीरलाई इज्जत गर्ने नया“ संस्कृतिको श्रीगणेश भइरहेको छ । र, यसका उदाहरण देशका पचहत्तरै जिल्लामा देखा पर्न थालेका छन् ।
खेतीपाती पहिले निरक्षर र नपढेका मानिसले गर्ने पेसा थियो, अब विस्तारै शिक्षित तथा योग्य मानिसले गर्ने इज्जतदार पेसामा बदलि“दै गएको छ । खेतीपातीमा व्यावसायिकता देखापर्न थालेको छ, हिजोआज । युवाको व्यावसायिकताले उनीहरूलाई कुशल व्यवस्थापनतर्फ लगिरहेको छ । उनीहरूको कुशल व्यवस्थापनले शिक्षित र कर्मशील युवाहरूलाई पनि आकर्षित गरिरहेको छ । व्यावसायिक खेतीले सक्षम बजार र आवश्यक लगानी गर्न प्रोत्साहित गरिरहेको छ, अर्थात उत्पादन, बजार र वितरणको चक्र चलायमान हुन थालेको छ । फलस्वरूप वित्तीय संस्थाको ध्यान कृषि क्षेत्रमा लगानी गर्नेतर्फ तानिएको छ । यसले नेपाली कृषि क्षेत्रलाई औद्योगिकीकरणस“ग विस्तारै जोड्न थालेको छ । कृषि र उद्योगको समन्वयले मनग्य रोजगारी सिर्जना गर्न सक्छ र यो दिगो पनि अवश्य नै हुनेछ ।
प्रतिक्रिया