जनतालाई विद्युत लाइन नियमित दिनको लागि सरकारलाई रुलिङ गर्न सांसद शर्माको माग

काठमाडौं । देशमा गर्मी बढ्दै गएको र लोडसेडिङ बढेको भन्दै जनतालाई विद्युत लाइन नियमित दिन सरकारलाई रुलिङ गर्न माग गरिएको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद नारायणी शर्माले देशमा गर्मी बढेको र सरकारले विद्युत लाइन काटेर लोडसेडिङ गराएर दुःख दिएको भन्दै नियमित विद्युत लाइन दिन उनले सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिििमरेसमक्ष माग गरेकी हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । उनले जनताको जीवनमाथि खेलवाड नगर्न उनले प्राधिकरणलाई पनि आग्रह गरिन् ।

प्रतिक्रिया