उपाधि होडमा पुलिस र थ्रीस्टार

काठमाडौ,१५ वैशाख । ‘ब्रिटिस गोर्खा कपको उपाधि जित्ने धोको थियो,’ नेपाली लिग फुटबलमा एकछत्र राज गरिरहेको नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बिहीबार भने,‘अबचाहिँ पूरा होलाजस्तो छ ।’
गोलरक्षक रितेश थापाको सानदार प्रदर्शन तथा योगेश श्रेष्ठको निर्णायक गोलको मद्दतमा नेपाल पुलिस बिहीबार भएको सेमिफाइनलमा दुई पटकको उपविजेता मनाङ मस्र्यांदीलाई १–० ले हराउँदै फाइनल पुगेको हो । यसअघिका कुनै पनि संस्करणमा फाइनल यात्रा तय गर्न नसकेको सहिद स्मारक र राष्ट्रिय लिग च्याम्पियन पुलिसले उपाधिका लागि शनिबार थ्रि स्टारको सामना गर्ने छ ।
पाँच मिनेटभित्र रितेशले एक पेनाल्टीसहित चारवटा प्रहारको आकर्षक वचाउ गरेपछि संकट टरेको पुलिसका लागि योगेशले २७ औ मिनेटमा निर्णायक गोल गरेका हुन् । वैकल्पिक खेलाडी दिलीप राईको पासमा योगेशले डी बक्स बाहिरवाट फस्ट बारमा आकर्षक गोल गरेका हुन् । विपक्षी गोलकिपर विशाल श्रेष्ठले थोरै अगाडि बढेको मौकामा योगेशले डी बक्स नछिर्दै बल प्रहार गरेका थिए ।
यसअघि कप्तान दीपेन्द्र पौडेलले डी बक्समा ‘ह्यान्ड’गरेपछि २३ औ मिनेटमा प्राप्त पेनाल्टी अवसरमा  मनाङका अनिल गुरुङले गरेको प्रहार रितेशले सुन्दर बचाउ गरे । राष्ट्रिय टिमका फर्वार्ड अनिलले बायाँवारतर्फ गरेको प्रहारलाई रितेशले डाइभ गरी  असफल बनाएका हुन् । यसको तीन मिनेटअघिदेखि मनाङको लगातारको आक्रमण रितेशले रोकिरहेका थिए । १९ औ मिनेटमा डि बक्सवाहिरवाट आदेवाले ज्याकोबाले गरेको सुन्दर प्रहार फस्ट वारतर्फ डाइभ गर्दै रितेशले वचाए ।‘पेनाल्टी ‘मिस’ हुनु नै दुर्भाग्य रह्यो ।’ पछिल्लो सस्करणमा पुलिसलाई टाइब्रेकरमा हराउदै फाइनल पुगेको मनाङका प्रशिक्षक देवेन्द्रजंग शाहीले खेलपछि भने,‘खेलमा दबाव सृजना गरेपनि स्कोर हुन सकेन ।’
तिन विदेशीसहित उत्रिएको मनाङले सुरुवातदेखी ‘क्लास’ प्रर्दशन गरेको थियो । मनाङका अमिरले  ४० औ मिनेटमा गरेको एक ससक्त प्रहार रितेशले आकर्षक वचाउ गरे । ४९ औ मिनेटमा  डि बक्सभित्र वन भर्सेस वनमा अगाडी वढेका सुजल श्रेष्ठबाट पुलिसका डिफेण्डर सुमन सुवेदीले पछाडीवाट वल खोसे भने ५८ औ मिनेटमा नविन न्यौपानेले गरेको लामो प्रहार मार्फत आएको वल डि बक्सभित्रवाट शिव श्रेष्ठले हेड गर्दा बारभन्दा टाढावाट गयो ।‘ मनाङले यति स्तरिय खेल खेल्छ भन्ने अनुमान नै गरेको थिइन’ पुलिसका प्रशिक्षक विराटकृष्णले भने ।
पहिलो हाफमा थप एक मात्र अवसर सृजना गरेको पुलिस अन्तिम २२ मिनेट खेलमा हावी भएको थियो । ६८ औ मिनेटमा मनाङका सर्विन्द्र श्रेष्ठले गोल लाइनवाट विपक्षि प्रहारलाई क्लियर गरेका थिए । त्यस्तै ७३ औ मिनेटमा पर्वत पाण्डले सुन्दर क्रस निकाले पनि खाली पोष्टमा गोल गर्ने अवसर पाएका पुलिसका रोसन श्रेष्ठले वल भेट्न पनि सकेनन । त्यस्तै ८४ औ मिनेटमा पुलिसका भोला सिल्वाल पनि खाली पोष्टमा गोल गर्न चुके ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले आयोजना गर्न सुरु गरेयता दुइ पटक सम्पन्न भइ सकेको यस प्रतियोगितामा पुलिस  पहिलो सस्करणमा क्वार्टरफाइनल र दोस्रो तथा गत सस्करणमा सेमिफाइनलवाट बाहिरिएको थियो । दुइ पटक नै फाइनल पुगेको मनाङ भने उपाधी भिडन्तमा थ्रि स्टारसग पराजित भएको थियो ।
जितका बावजुत पुलिसलाई फाइनलमा चोट र कार्डले चिन्तीत बनाएको छ । लगातार दुइ पहेलो कार्डका कारण राष्ट्रिय टिमका पुलिस डिफेण्डर रविन श्रेष्ठ फाइलनमा खेल्न पाउने छैनन । त्यस्तै चोटका कारण नियमित कप्तान जुमानु राईले पनि फाइनल गुमाउने प्रशिक्षक विराटकृष्णले वताए । डिफेण्डर सुरज विक पनि चोटग्रस्त रहेको जनाइएको छ । ‘रेफ्रिले राम्रा खेलाडीलाई चोटवाट जोगाउन ध्यान  दिएनन ।’ विराटकृष्णले भने,‘आर्मीसगको खेलमा विपक्षिले लगातार गरेको प्रहारलाई रेफ्रिले ध्यान नदिदा जुमानु आज घाइते हुने पुग्यो ।’ विहीवार १३ औ मिनेटपछि नै जुमानु मैदानवाट बाहिरिएका थिए ।
यसअघि वुधवार भएको सेमिफाइनलमा हिमालयन शेर्पालाई १–० ले पराजित गरी  थ्रि स्टार लगातार तेस्रो पटक फाइनल प्रवेश गरेको हो । यस अघि देखी नै थ्रि स्टारलाई सवैभन्दा वलियो प्रतिद्धन्दी भन्दै आएका पुलिसका प्रशिक्षक विराटकृष्णले भने,‘ थ्रि स्टार हामीभन्दा वलियो छ । तर प्राविधिकरुपमा हामी अगाडी छौं ।’ लगातार पछिल्ला  तिन शहिद स्मारक ए डिभिजन लिग जितेको पुलिस केही महिना अघि सम्पन्न राष्ट्रिय लिगमा पनि विजेता भएको थियो ।

प्रतिक्रिया