साग स्थगनलाई पहल आवश्यक

सन् १९८४ को लस एन्जलस ओलम्पिक खेलमा वार्सा समूहका सबै राष्ट्रले बहिस्कार गरे । त्यसको चार बर्ष अघि मस्को ओलम्पिक सबै नाटो राष्ट्रले बहिस्कार गरेका थिए । सन् १९८८ मा सो ओलम्पिक बहिस्कार अभियानबाट मुक्त भयो । ओलम्पिक खेलकुदको इतिहास थुप्रै पटक बहिस्कारका घटनाले प्रभावित भएको थियोे । कारण शितयुद्ध नै थियो । खेलकुदको एउटा मर्म के हो भने सहज सम्बन्धलाई कायम राख्दै सुुमधुर बनाउँदै लैजाने । सम्बन्ध सुमधुर छैन भने त्यहा“ सहयात्राको सम्भावना हु“दैन नै । दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण काठमाडांैमा आयोजना हुनाको एउटै कारण थियो । नेपालको सबैस“ग सुमधुर सम्बन्ध थियो । नेपाल भन्दा अरु देश भौतिक संरचना र आर्थिक समृद्धीले धेरै अघि थिय । त्यसलाई आधार मान्दा नेपाल भन्दा उपयुक्त थिय नै । तथापी एकले अर्कोलाई सहज स्वीकार्न कठिन थियो ।

अहिले परिस्थिती फेरिएको छ । काश्मीरमा जस्तो अबस्था नेपाल र भारतको कुनै सिमा क्षेत्रमा नहोला । तर, सहज छैन । असहज छ । भातृत्वको भावना छैन । सुनसरी घटनाक्रमले त नेपाल र भारतको सम्बन्ध छताछुल्ल नै भइसक्यो । दुई देशको नेतृत्व नै एक अर्काको विरुद्धमा बोल्न थालेका छन् । प्रसंग चेन्नाइमा घोषित साग खेल बहिस्कार या सहभागिता नेपालको लागि उपयुक्त भन्ने वहस आम नागरिकको वृत्तमा चल्न थालिसकेको छ । राज्यको नीति प्रष्ट भएको छैन । अहिले आम नेपालीको मनमा छिमेकी देश भारतले धेरै चोट पु¥याएको छ । आम नेपालीको जनजीवन कष्टकर छ । भर्खरै मात्र सुनसरीको सिमामा दुखद् घटना भएको छ । त्यसैखाले दुखद् घटना केही दिन अघि सिराहामा भएको थियो । अन्य सिमाग्रस्त क्षेत्र पनि असहज छ ।

साग खेलको विगतलाई फर्केर हेर्दा थुप्रै पटक सामान्य घटनाले यो रोकीएको थियो । सागमा एउटा मान्यता रह“दै आएको छ । कुनै एउटा देशमा संकट रह“दा अरु देशले यो महोत्सब गर्न प्रेरित नगर्ने । पाकिस्तानका घटनाले साग खेल नभएको धेरै भएको छ । भारतकै आन्तरिक अबस्थाका कारण हुन नसकेको पनि धेरै भएको छ । जहा“सम्म नेपालको प्रसंग छ यो बर्ष महाभूकम्प पहिलो दुखद् घटना थियो भने नाकाबन्दी अर्को । भूकम्प प्रकृति प्रदत थियो भने नाकाबन्दी दुई देश विचको सम्बन्धका कारणले । नेपाल र भारत विचको सम्बन्धले भन्छ, नेपालले चेन्नाइ साग खेलमा सहभागिता जनाउन मिल्दैन । बहिस्कार गर्नै पर्छ । साग खेलको इतिहास भन्छ, नेपालको यो संकटमा साग खेल हुन सक्दैन । यो अन्य देशको पनि चासो हो । एउटा देशमा आएको संकटामा सबै त्यसको समाधानमा लाग्ने दायित्व नै हो । अर्को तथ्य के हो भने विगत देखि नेपाल नै एउटा त्यस्तो देश हो, जसले सबै दक्षिण एसियाली राष्ट्र स“ग राम्रो सम्बन्ध राख्दै आएको छ । यसै देशमा आएको संकट र यसै देशले बहिस्करा गरेको साग खेलमा अन्य राष्ट्रले सहभागिता जनाउने आधार नै छैन । यसकारण साग खेल सार्न नेपालले कूटनैतिक पहल गर्ने कि नगर्ने ? आम नागरिकले गर्नै पर्ने प्रश्न भएको छ ।

प्रतिक्रिया