अति भयो निकास देऊ

भारतको नाकाबन्दी र मधेसमा भइरहेको आन्दोलनले सम्पूर्ण मुलुक अस्त–व्यस्त भएको छ । ठूला उद्योगदेखि व्यक्तिका दैनिकी र घर–घरका चुल्हो बल्न छाडेका छन् । पकाएर खाने कुरा त त्यस्तै हो नपकाइ खान मिल्ने चाउचाउ पनि वजारमा अभाव हुन थालेको छ । पाइएका सामानको मूल्य आकासिएको छ । एकातिर बस भाडादेखि हरेक वस्तुको मूल्य छोइनसक्नु भएको छ । अर्कोतिर आम्दानीको श्रोत पनि खुम्चिएको छ । नागरिकहरु बेरोजगार भएका छन् । मूल्य बढ्नु र आम्दानी सुक्नुजस्ता विपरित कुराले नेपालीहरु मर्ने अवस्थामा पुगेका छन् । बा“च्ने अन्तिम आसमा पु¥याइने अस्पतालमा औषधि छैन । समग्रमा अवस्था निस्सासिंदो छ ।

आन्दोलनरत् पक्ष संविधान संशोधन गरेर माग पुरा गर भनिरहेको छ । भारत तिम्रा देशमा भएको आन्दोलनले असुरक्षा बढेकाले सामान पठाउन नसकेको बताउँछ । संविधान संशोधन गर्न सामथ्र्य भएका दुई तिहाई मत भएका दलका नेता गम्भीर बन्न नसकेकै देखिन्छ । होइन भने आन्दोलनले उठाएका मागका सम्बन्धमा उनीहरुको साझा धारणा आइसक्थ्यो । आन्दोलनरत् दलभन्दा दुई तिहाइवाला दलका कुरा प्रष्ट छैनन् । भनाइमा एकरुपता छैन । मधेसी मोर्चाको जायज माग पुरा गरिने भनिन्छ । तर, के कुरा जायज र के नाजायज भनि“दैन भने कसरी बुझ्नु ? लोकले बुझेको कुरा के भने सीमांकनजस्तो संवेदनशिल कुरा ‘नगद’ मा खोज्दा कुरा बिग्रिएको हो । सीमांकनको विषय राजनीतिक मात्रै हो भन्ने ठान्दा यस्तो भयो । यो प्राविधिक विषय पनि हो भन्ने सबैले मानेमा मिल्न सक्ने बिन्दु अहिले पनि देखिन्छ । मोर्चाले पनि के बुझ्नु जरुरी छ भने हिजोका कुरा गरेर आज हु“दैन, हिजोका कुराले हुने भए हिजै भइसक्थ्यो । तर, हिजोकै अनुभव र सिकाइले आजको कुरा भएको हो । हिजो सबैका लागि संविधानसभा नयाँ थियो, सबै सिकाइमै थिए । हिजोका कुराले हिजै काम नगरेको प्रष्ट छ । होइन भने पहिलो संविधान सभाले नै संविधान बनाउ“थ्यो । हिजोका कुराले काम नदिएकैले नयाँ जनादेशको आवश्यकता प¥यो ।

यो निस्सासिदों अवस्था आउनुमा सरकारलगायतका ठूलो हिस्सा भारतको मात्र दोष देख्छ । त्यसैले स्वाभिमानको कुरा गर्छ, सार्वभौमसत्ताको कुरा गर्छ । केही यस्ता छन् जो मधेसीलाई भारतले उचालेको देख्छन् । यो तर्क सरसर्ती हेर्दा उचितैजस्तो पनि देखिन्छ । उचालेको भए पनि र साथ दिएको भने पनि उसलाई लिकमा ल्याउने काम राज्यको हो । वीरगञ्जको एउटा घटना बाहेक ज्यान गुमाउनेहरु सबै नेपाली मधेसी रहेका छन् । त्यो पनि अंगिकृतवाल होइन वंशजका आधारमा नागरिकता पाएकाहरु परेका छन् । यदी मधेसी नेपालीको शरीरमा भारतीय आत्माले प्रवेश गरेकै हो भने पनि झारफुक गरेर हुन्छ वा अन्य केही गरेर निको पार्ने काम पनि राज्यकै हो । भारतलाई धारहात पारेर मात्र समस्याको समाधान हुदैन ।

त्यसैले आन्दोलनकारीले पनि हाललाई छिमेकको सहयोग पाएँ भन्दैमा मेरो गोरुको वाह्रै टक्का भनेर बुरुक्क उफ्रनु उचित हुँदैन । आजको युगमा कसैले कसैलाई सित्तैमा सहयोग गर्दैन । आमाले छोराछोरीलाई दूध चुसाउ“दा पनि भोलिका दिनमा सन्तानबाट अपेक्षा राखेकी हुन्छिन् भने अरुको त कुरै नगरौं । सबैभन्दा जिम्मेवार राज्य बन्नु पर्छ । दमनले अहिलेसम्म काही पनि निकास दिएको छैन । सैनिकिकरणले केही समय मथ्थर भए पनि कहिले निको नहुने घाऊ हुन्छ । कुनै पनि कुराको अतिले खति गर्छ । खति हुनुभन्दा पहिले निकास दिनु आवश्यक छ । यसमा राज्य अग्रसर हुनै पर्छ, पन्छिन मिल्दैन ।

प्रतिक्रिया