वार्ता सफल बनाऊ

धार्मिक मतान्धताले मान्छेको होस गुमाउछ । अहिलेको युरोपको दर्दनाक घटनाले यही भन्छ । फ्रान्समा भएको आक्रमणपछि अहिले बेल्जियम त्रसित छ । यो त्रासदीको कारण पनि आइएस नै हो । संसारमा एउटा युद्धको संकेत भएको छ । इतिहास साक्षी छ, धर्म र जातीय कारणले जब मान्छेमा हिंसा सुरु हुन्छ, त्यो अकपल्पनीय हुन्छ । नेपालले सशस्त्र आन्दोलन, भूकम्प र इनधन अभावको कारण कठीन दैननन्दीनीको सामना गरे । भाग्यवश हामीले जातीय र धार्मिक हिंसा सहुन परेन । यो नै नेपालीहरूको सबैभन्दा ठूलो भाग्य बनेको छ । यदाकदा विगतमा यस्ता घटना नभएका होइनन् । तथापि त्यसको त्यत्ति साह्रो असर परेन । अहिले इन्धन अभाव र नेपालमा देखिएको समस्या केही भूगोलको कारण सिर्जित समस्याको रूपमा देखिएको छ । यस्तै खाले समस्या विगतमा बढ्दै गएर साम्प्रदायिक रूपमा खराब आउन सक्ने सम्भावना पनि देखिएको थियो । तर, त्यो समाधान भएको थियो । अहिले तराइको घटना त्यसै अनुरूप त भएको छैन । तर पनि त्यस बाटोमा जान त लागेको होइन, भन्ने शंका–उपशंका उब्जने ठाउ“ देखिएको छ ।

यो वर्षको सुरुवातमा नेपाली भूइ“चालोको कारण आहत बने । ९ हजारभन्दा बढी आफन्त नेपालीले गुमाए । त्यो पीडापछि एउटा आशाको फिल्को लामो समयदेखि बन्न नसकेको संविधानपछि देखिएको थियो । त्यो आशा पनि लामो समय टिकेन । अहिले देश विभक्त छ । समस्या छ, कालो बजारी छ । त्यो अभावको बीचमा हामी सबै नेपाली जीवनयापनमा संघर्ष गरिरहेका छौ“ । यो विपदपूर्ण घटनाको बीचमा फ्रान्सको घटना एउटा पाठ बनेर आएको छ । विगतमा इतिहासले धेरैपटक पुष्टि गरे, जातीय र धार्मिक साम्प्रदायिक अतिवादको अन्तिम रूप कस्तो हुन्छ भनेर ? फेरि एकपटक सबैलाई सम्झाएको छ ।

मान्छेको पहिलो रूची र चाहना शान्तपूर्वक बाच्ने नै हो । सुविधासम्पन्न जीवन र अन्य विषय त त्यस पछिका विषय मात्र हुन् । नेपालीलाई थाहा छ, हामी एक सताब्दी युद्ध, आन्दोलन र विद्रोहमै वितायौ“ । यावत प्राकृतिक श्रोत र साधानका माझ पनि हामी गरीब नै भयौ“ । गल्ती कसको हो, त्यो परको विषय हो । सत्य यो हो कि नेपाली इतिहासमा धेरै पछि परेका छन् । नेपालको राजनीतिक यो स्वीकार्नै पर्ने हुन्छ कि मान्छे समान हो । मान्छे बीचमा भिन्नता देख्यो र जातीय र साम्प्रदायिक भावनाको अन्तिम रूप कस्तो हुन्छ ? आमनेपालीको अहिले एउटै चाहना छ, केही विषयमा चित्त नबुझे पनि सिंगो देश एकजुट हुनुको विकल्प छैन । सरकारले वार्ताको प्रयास गरेको छ । त्यो सफल होस् । नेपालको आन्तरिक अवस्थाले विकराल रूप लिन नपाओस् ।

प्रतिक्रिया