
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघ अध्यक्षको कार्यभार सम्हाल्नुअघि कुरा गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासंघको अध्यक्ष भएका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार उनले कार्यभार सम्हालेका हुन् । अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासंघमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया