भक्तपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । भक्तपुरको नगरकोटमा सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१, नगरकोटस्थित नगरकोटमोडमा असार ८ गते राति करिब १० बजे सामान्य विवादका क्रममा झै–झगडा हुँदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए । घाइते रसाइलीलाई तत्काल उपचारका लागि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पठाइएकोमा उपचारकै क्रममा आज (असार ९ गते) बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन् । प

क्राउ परेका तीनै जनालाई हिरासतमा राखी घटनाको मुख्य कारण र अन्य आवश्यक विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया