
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा सञ्चालनको काम अघि बढेको छ ।
सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । यो सडक खण्डमा कुल ४५० वटा बत्ती रहेका छन्, जसको क्षमता १२० वाट रहेको छ ।
यी स्मार्ट सडक बत्तीहरू नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा सन् २०२२ मा जडान गरिएको थियो । हाल सम्बन्धित कम्पनीले बिग्रिएका बत्तीहरूको मर्मत तथा व्यवस्थापन कार्य गरिरहेको हो ।–तस्विर नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया