गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा मिति २०८३ आषाढ ४ गते, विहिबार काठमाडौको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरुप्रति बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया