
काठमाडौँ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत भएको छ । २ माघमा बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त लगानी ढाँचालाई स्वीकृत गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि सरकारले १ खर्ब ५० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।
आयोजनाको लगानी ढाँचा (मोडालिटी)मा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै सरकारबाट ठुलो परिमाणमा ऋण प्राप्ति सुनिश्चित भएको हो । अर्थ मन्त्रालयको सहमतिपछि उक्त मोडालिटी मन्त्रिपरिषद् स्वीकृति भएको हो । उक्त ढाँचाअनुसार परियोजनामा सरकारको कुल लगानी २ खर्ब ४८ अर्ब रुपैयाँ रहनेछ । यसमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ सहुलियत ऋणका रूपमा रहनेछ भने बाँकी रकम पुँजी (इक्विटी) लगानी हुनेछ ।
प्रतिक्रिया