
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा पुरुषतर्फ असिम शाह र हरि ढकाल विजयी भएका छन् भने महिलातर्फ निशा डाँगी विजयी भएका छन् ।
भरखरै सार्वजनिक मत परिणाम अनुसार शाह र ढकाल खुला सहमहामन्त्रीमा निर्वाचित भएका छन् भने महिला सहमहामन्त्री पदमा डाँगी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिलातर्फ डाँगीले ७३७ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया