
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् ।
सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।
रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो । केन्द्रीय सदस्यको भन्दा १ हजार ६७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका थिए ।
प्रतिक्रिया