
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ । शनिबार राना मगर आफैँले चलाएको लु प्र ०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ अनियन्त्रीत भइ दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बांगेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्माले जानकारी दिए । गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको उनले बताए ।
प्रहरी निरीक्षक विश्वकर्माको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । मृतक राना मगर राष्ट्रिय जनमोर्चाबाट उपमेयरमा निर्वाचित भएका थिए ।

प्युठान
प्रतिक्रिया