
काठमाडौं । डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले असार १३ गते सकुशल उद्धार गरेको छ ।
सोही ठाउँका स्थानीयहरु सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरु नदीको बीच भागमा फसेको प्रहरीले जनाएको छ ।
सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक शुसिल भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरुको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा सोही नगरपालिका–२ बस्ने ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेम बहादुर कठायत, ७० वर्षी शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीयय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया सन्जा श्रेष्ठ, ३८ वर्षीय दिपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया