
काठमाडौं । सन् १९९२ मा स्थापना भई ९१४ वर्षदेखि विश्वभरका करोडौँ उपभीक्ताको मन जित्न सफल जापानी प्रविधिको पर्याय सार्थमै नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फन्ट लोड वासर प्री–वास २०२८ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो ऐतिहासिक सुरुवातसँगै सार्पले जापानी गुणस्तर स्थायित्व, स्वच्छता र कपडाको विशेष हेरचाह सुनिश्चित गर्ने विश्वस्तरीय प्रविधि नेपाली घरधुरीमा पुन्याउने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।
नेपाली बजारमा पछिल्लो समय स्मार्ट, स्वच्छ र टिकाउ घरायसी उपकरणको मान बढ्दै गएको परिप्रेक्ष्यमा सार्प प्रो–वास सिरिज एक उत्कृष्ट समाधानको रुपमा भित्रिएको हो । यसमा अटो टब क्लिन, इसरहित इम्भर्टर डीसी मौटर, १५ मिनेटको स्विक वास र दाग हटाउन तथा कपडाको सुरक्षाका सानि ब्रयमण्ड इनर टब जस्ता अत्याधुनिक विशेषताहरू संयोजन गरिएको छ ।
नयाँ उत्पादन सार्वजनिक गर्दै सार्प सिंगापुरका प्रवन्ध निर्देशक दु कीट चित्र से भने, ‘सार्पमा हामी यस्ता आठिष्कारहरु प्रदान गर्दछौँ मानिसको दैनिक जीवनसँग पूर्ण तादात्म्य राख्दछ, नेपालका लागि यो केवल प्रविधिको सुरुवात मात्र होइनः यो आज र आउने पुस्ताका प्रत्येक घरपरिवारका कथाहरुलाई सहज बनाउने हाम्रो अटुट प्रतिबद्धता पनि हो ।’
स्वच्छता र प्रविधिको उत्कृष्ट संगम यस चासरमा रहेको अटो टब विशन प्रविधिले स्वच्छताको समस्यालाई मेसिनभिरैबाट स्वतः समाधान गर्छ । कपडा धोइसकेपछि अन्तिम स्पिन चक्रको क्रममा यसले उच्च गतिको रोटेशन र पानीको प्रयोग गरी डिटर्जेन्टको अवशेष र टाँसिएका फोहोरहरूलाई प्रभावकारी रुपमा पखाल्छ । यसले गर्दा प्रत्येक पटकको धुलाई पूर्ण रूपमा जीवाणुमुक्त र स्वच्छ हुने सुनिश्चित गर्दछ ।
समयको बचतलाई ध्यानमा राख्दै यसमा १५ मिनेट विकासको सुविधा दिइएको छ । व्यस्त जीवनशैली भएका प्रयोगकर्ताका लागि यो अत्यन्तै उपयोगी छ । जसले थोरै फोहोर अएका वा तत्कालै चाहिने कपडाहरुलाई रेकर्ड समयमा सफा र ताजा बनाउँछ । यस वासरमा प्रयोग गरिएको मोटरले कार्यक्षमतामा २० प्रतिशत वृद्धि प्रदान गर्दछ, जसले गदो मेसिन छल्दा आवाज कम आउने र धुलाई शक्ति शक्तिशाली हुने गर्दछ । साथै, यसको १४०० स्पिन गतिले कपडाहरूलाई निकै छिटो सुकाउन मद्दत गर्दछ ।
कपडाको गुणस्तर जोगाउन यसमा जायन्ट रिम्ड वेभ टवर डायमण्ड इनर टबको सतह प्रयोग गरिएको छ, जसले हातले धोएको जस्तै ुस्क्रमबिङ अनुभव पदान गर्छ । यसका सूक्ष्म रुपमा इन्जिनियर गरिएका रिजहरूले कपडाको रेशालाई सुरक्षित राख्दै कडाभन्दा कडा दागहरूमा गहिरो पहुँच पुर्याउँछन् । नेपालभरका आधिकारिक डिलरहरू मार्फत यो वासर ८ केजी ९ केजी र १० केजी गरी तीनवटा क्षमतामा २०२६ जनवरीदेखि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया