
कालिकोट । आंशिक आर्थिक कठिनाइकाबीच पनि विभिन्न जिम्मेवेर पक्षहरुको सहयोग र सहकार्य मा २०७८ साल चैत महिनाबाट सुरु भएको चंखेली १०० किलोवाट सोलार मिनिग्रिट सिस्टम २०८२ साल माघ १ गते विधिवध रुपमा १०० किलोवाट एसी पावर उत्पादन भएको छ ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले विभिन्न सहयोगी निकायहरु संगको समन्वयमा काम सम्पन्न गरेको छ । यो सोलार सिस्टमले शुभकालिका गाउँपालिका वडा नं ४ सहित अन्य वडाहरुलाई उज्यालो चमकमा जोड्ने छ ।

हुरेन्डेकका संस्थापक अध्यक्ष जजराज शाहीका अनुसार करिब १५ करोडको लगानीमा कार्य सम्पन्न भएको हो । यो सिस्टममा सहयोग गर्ने सहयोगी निकाय तथा आन्तरिक महानुभाव एवं विभिन्न समयमा दिनरात नभनेर काम गर्नेहरुलाई आदरसहित निर्मल धन्यवाद दिँदै अध्यक्ष शाहीले थप आगामी दिनमा सहयोग र सहकार्यको लागि अपेक्षा गरेको बताए ।
अब केही हप्तामा समुदायमा बिजुली सप्लाई हुने जानकारीका साथसाथै समुदायको सहयोग नै आफ्ना लागि ठूलो भारी भएको अध्यक्ष शाहीको भनाई छ ।

कालिकाेट
प्रतिक्रिया