कोरला नाकामा दुवै देशका प्रहरीकाे पैदल गस्ती

काठमाडौं । नेपाल र चीनका प्रहरीले कोरला नाकामा पैदल गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि दुवै देशका प्रहरीले बुधवार पैदल गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल र चीनबिचको सिमाना कोरलास्थित पूर्व २४ नम्बर पिल्लरदेखि पश्चिमको २३ नम्बर पिल्लरसम्म अन्दाजी दुई किलोमिटर सीमा क्षेत्रमा दुवै देशका प्रहरीले संयुक्त रूपमा पैदल गस्ती गरेका छन् ।

नेपालको तर्फबाट मुस्ताङको इलाका प्रहरी कार्यालय लोमान्थाङबाट आठ जना र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयका आठ जना प्रहरीले संयुक्त रूपमा गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ । यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुनसक्ने सीमा अपराध नियन्त्रणमा सहज हुनसक्ने विश्वास लिइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया