छैठौं राष्ट्रिय पण्डित सम्मेलन पनौतीमा हुने

काठमाडौं । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा छैठौं राष्ट्रिय पण्डित सम्मेलन हुने भएको छ । पण्डित सम्मेलन जेठ १८ र १९ गते पनौती, बल्थली (लड्केश्वर कोटिहोम स्थल) मा सम्पन्न हुने भएको हो । १९ गते राष्ट्रिय धर्मसभा नेपालको अधिवेशन पनि हुने केन्द्रीय समितिले जनाएको छ ।

पण्डित सम्मेलनमा धर्मसभा नेपालका केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, आजीवन सदस्यहरु तथा इच्छुक पण्डित, पुरोहित, ज्योतिषी, वास्तुविद्, तन्त्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरु, धार्मिक अभियन्ताहरु सहभागी हुनेछन् ।

सहभागि हुन चाहनेले कार्यक्रम भन्दा २ दिन अगाडि नै सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका सदस्यहरु, आजीवन सदस्यहरु, जिल्ला अध्यक्षहरु, जिल्लाबाट तोकिएका प्रतिनिधिहरु अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया