काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने एसएसपीमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी छन्।
प्रतिक्रिया